झापामा सशस्त्र र स्थानीयबीच झडप, सशस्त्रको खुकुरी प्रहारबाट ६ जना घाइते

नेपाल–भारत सीमानजिकै रहेको झापाको मेचीनगर नगरपालिका– ७ सतीघट्टास्थित गैरीगाउँमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ।

बिज्ञापन

झडपको क्रममा सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा कम्तीमा ६ स्थानीय घाइते भएका छन्। प्राप्त भिडियोमा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको देखिएको छ। घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ।

बिज्ञापन

झडप किन भएको हो भन्ने खुलेको छैन। सशस्त्र प्रहरी बलको २ नम्बर हेडक्वार्टरअन्तर्गतकाे प्रस्तावित सतीघट्टा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएका सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको हो । सशस्त्र प्रहरी बलको २ नम्बर हेडक्वार्टरले भने सामान्य विवाद भएको बताएकाे छ।

खुकुरी प्रहारबाट दीपा बातरको हातको औंला काटिएको छ। हरि बातरको छातीमा गहिरो चोट लागेको छ।विषेश राजबंशी र मिलन चापागाईंको हात काटिएको छ। दीपक बातर र आनह यादवको शरिरमा चोट लागेको छ। भारतबाट सामान ल्याउनेलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको र त्यसक्रममा स्थानीय र सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए।

बिज्ञापन

सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वार्टरका एसपी कविन्द्र राईले तस्करी गर्ने समूहले प्रहरीमाथि आक्रमण गर्दा विवाद भई सामान्य हात हालाहाल भएको दाबी गरे । उनले भने, ‘प्रारम्भिक सूचनाअनुसार सशस्त्र प्रहरीमाथि घेरा हालेर स्थानीयले आक्रमण गर्न खोजिएको देखिन्छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियन विघटन निर्णयविरुद्ध अन्तर्राष्ट्रिय ट्रेड युनियनको आपत्ति, बालेनलाई निर्णय फिर्ता लिन माग

सामान्यले सेटिङमा सरुवा गरेको भन्दै शाखा अधिकृतले दिए सरकारी सेवाबाट राजीनामा

तीन दर्जन नासुहरुको सरुवा सूची निस्कदै

कर्मचारी प्रेसले खोलेपछि मात्र बाहिरियो फाइल : काफ्लेमाथि आफ्ना मान्छे मिलाउने आरोप

महेन्द्रराजमार्ग क्षेत्रमा सडक सीमा भित्रका संरचना हटाउन हेटौंडा सडक डिभिजनको कडा निर्देशन

“१५–१५ दिनमा तलब” निर्णय विवादमा: कर्मचारी वृत्तबाटै तीव्र आलोचना

निजामती सेवा विधेयकको मस्यौदा लेखनमा सरकार : ३० वर्षे सेवाअवधि र कुलिङ पिरियड राख्नेदेखि ट्रेड युनियन खारेजीसम्मका विषयमा छलफल

मध्यमकालीन खर्च संरचना निर्माणमा तदारुकताको अभाव

बिशेष