यी हुन मालपोतका रैथाने कर्मचारी,छुने हिम्मत कस्को ?

निजामती ऐनले एउटै कार्यालयमा कुनै पनि कर्मचारीलाई बढीमा २ बर्षसम्म राख्न र त्यहाँबाट सरुवा गर्न भन्दछ तर चल्ताफुर्ता र पावरवाल कर्मचारीहरुको हकमा यस्ता ऐन,नियम नियमावली लागू हुँदैन ।

बिज्ञापन

कर्मचारीवृत्तमा कमाउ अड्डाको रुपमा चिनिन्छ,मालपोत,नापी,यातायात,वैदेशिक रोजगार कार्यालयहरु । सेवाग्राहीको भीड हुनेर यी ठाउँमा कर्मचारीहरुले अतिरिक्त आम्दानी हुने हुँदा यी ठाउँमा जानका लागि कर्मचारीहरुबीच प्रतिष्प्रर्धा चल्ने गरेको छ ।

बिज्ञापन

यस्तै एक कार्यालय,जहाँ कोही कर्मचारी ८ बर्षभन्दा लामो समयदेखि त्यहाँबाट दायाँबायाँ हुनु परेको छैन । अधिकांश कर्मचारीहरु साढे तीन बर्षभन्दा बढी समयदेखि सोही कार्यालयमा टिक्न सफल छन् ।एउटै कार्यालयमा एक दशकदेखि टिकिरहेका खरिदारलाई त्यहाँबाट चलाउने र सार्ने हिम्मत गर्ने कुनै हाकिम निस्किएका छैनन् ।

यो प्रसग हो, डिल्लीबजारमा मालपोतको । सो कार्यालयमा एक खरिदार ८ बर्ष तीन महिनादेखि त्यही छन् । अर्काे कम्युटर अपरेटर पाँच बर्षभन्दा लामो समयदेखि डिल्लीबजार मालपोतबाट दायाँबायाँ हुनु परेको छैन । यस्तै नासु शान्ति शाह ५ बर्षभन्दा लामो समयदेखि सोही कार्यालयमा कार्यरत रहेको भेटिएको छ । नासुहश्र लक्ष्मीनारायण निरौला,धर्मराज अधिकारी,कैलाशमणि निरौला र बज्रवाहन पोखरेलहरु चार बर्षदेखि सोही कार्यालयमा टिक्न सफल छन् ।त्यहाँ आठ बर्षदेखि टिक्न सफल छन्,दिपेस सुवेदी ।खरिदार तहका उनी एउटै कार्यालयमा कसरी र के आधारमा आठ बर्षभन्दा बढी समय टिकिरहेका होलान ? हाकिमहरुसँग जबाफ छैन ।

बिज्ञापन

सो कार्यालयको प्रमुख मालपोत अधिकृतको कुर्सीमा छन्,छविलाल नेपाली उनी गत बर्ष पुस १२ देखि जिम्मेवारी सम्हालिरहेका छन् ।

सो कार्यालयमा सात जना मालपोत अधिकृतको दरबन्दी रहेको छ । दुर्गाहादुर पन्दाक,प्रद्युम्न प्रसाद कुँइकेल,बोग राज शर्मा कट्टेल,गौरी कुमारी कार्की,कुलप्रसाद पराजुली र दिलकुमार बरुवाल र विजय सापकोटा कार्यरत रहेकोमा हालैमात्र प्रद्युम्न कुँइकेल साढे तीन बर्ष उक्त कार्यालयमा सेवा गरेर अन्यन्त्र हिडेका छन् भने दुर्गा पन्दाक पनि सरुवा भइसकेका छन् । विवरण अनुसार,गौरी कुमारी कार्की ३ बर्ष पाँच महिनादेखि कार्यरत रहेकी छिन् ।

यस्तै लेखा अधिकृत रीना गौतम अघिल्लो बर्ष साउन २५ देखि जिम्मेवारी सम्हालिरहेकी छिन् । १९ जना नायब सुब्बाको दरबन्दी छ,उक्त कार्यालयमा । ७९ सालदेखि कार्यरत रहेका शंकर कुमार थापा रिटायर्ड भएर घर फर्किएका छन् भने कृष्ण कुमार नेपाल त्यहाँबाट सरुवा भएर भक्तपुर पुगेका छन् ।

त्यहाँ सुरेन्द्र थापा ७९ चैत्रदेखि,उदय नारायण सिग्देल ७८ साल वैशाख ९ गतेदेखि डिल्लीबजार मालपोतमा कार्यरत छन् । यस्तै,शान्ती शाह सोही कार्यालयमा कार्यरत रहेको पाँच बर्ष पूरा भइसकेको छ । उनी ०७६ साल साउन १ गतेदेखि डिल्लीबजार मालपोतमा हाजिर भएर काम गरिरहेकी छिन् । लक्ष्मीनारायण निरौला ७७ साल पुस १३ देखि,धर्मराज अधिकारी ७७ साल फागुन ९ गतेदेखि डिल्लीबजार मालपोतमा कार्यरत रहेको भेटिएको छ ।
कैलाशमणि निरौला ७७ साल फागुन १८ गतेदेखि,बज्रवाहान पोखरेल ७७ साल साउन ९ गतेदेखि डिल्लीबजार मालपोतमा कार्यरत रहेका छन् । उनी ४ बर्षभन्दा लामो समयदेखि एउटै कार्यालयमा कार्यरत रहेको भेटिएको छ ।

यस्तै होमनाथ सिग्देल ०७९ साउन ११,ऋृषिकेश पौडेल ७९ साल साउन २ देखि उक्त कार्यालयमा कार्यरत रहेका छन् । विमल खनाल ०७९ साल भदौं १२,कृष्णकुमार नेपाल ०७९ भदौं ३१ देखि सोही कार्यालयमा कार्यरत रहेका छन् ।

नवराज अर्याल ०७९ साल साउन १ गतेदेखि डिल्लीबजार मालपोतमा कार्यरत रहेका छन् । लेखापाल प्रेमबहादुर बूढा विगत ३ बर्षदेखि सोही कार्यालयमा कार्यरत रहेका छन् । कम्युटर अपरेटर ०७६ साल माघ २ गतेदेखि डिल्लीबजार मालपोतमा बसिरहेका छन् । उनी ५ बर्ष भन्दा बढी भयो एउटै कार्यालयमा टिकिरहेको ।

यस्तै त्यहाँ कम्युटर अपरेटरहरु नानी मैया महर्जन,मिना कुमारी लिम्बु,सुवास खड्का र बन्दना देव कार्यरत रहेका छन् ।

खरिदारहरु पोशराज केसी ७७ साल असोज ५ देखि कार्यरत रहेका छन् भने दिपेश सुवेदी सो कार्यालयमा सबैभन्दा लामो समयदेखि कार्यरत रहेको भेटिएको छ । विवरण अनुसार उनी ८ बर्ष ३ महिनादेखि सोही कार्यालयमा कार्यरत छन् ।

यस्तै खरिदार सुनिल श्रेष्ठ ७५ साल मंसिरदेखि,करुणा अयाचार्य ७६ साल असारदेखि रुपेश ज्ञवाली ०७८ साल पुस,दुर्गा प्रसाद जवेगु ०७८ साल चैत्रदेखि,तुल्सी भण्डारी ७६ साल असोज र गोपाल भण्डारी ७८ साल असारदेखि डिल्लीबजार मालपोतमा कार्यरत रहेका छन् ।

मालपोत कार्यालय भन्ने वित्तिकै सर्वसाधरणले सकरात्मक रुपमा सोच्ने गरेको पाइदैन । अझैं यही मालपोत कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा हो वालुवाटारस्थित ललिता निवासको् सरकारी जग्गा नक्कली मोही खडा गरेर विक्री गरिएको ।

त्यही कारण यस्ता कार्यालयका कर्मचारीहरु नियम अनुसार,सरुवा हुनुपर्ने हो तर तलदेखि माथिसम्म मिलाउने खुबी भएका कर्मचारी कोही आठ दश बर्षसम्म एउटै कार्यालयमा टिक्ने अनि पहुँच नभएका कर्मचारीलाई बर्ष दिनमै भकुण्डो बनाउने प्रवृत्तिले निजामती सेवा कहाँ पुग्ला ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

बिशेष