प्राविधिक र प्रशासनतर्फका गरी ५१ सहसचिवको सरुवा

सरकारले फेरि ठूलो संख्यामा सहसचिवको सरुवा गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ५१ जना सहसचिवहरुको सरुवा गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

बिज्ञापन

उनका अनुसार प्रशासनका १४ जना र प्राविधिकतर्फका ३७ जना ५१ जना सहसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रनलयले मन्त्रिपरिषद् बैठकमा छलफल तथा निर्णयका लागि ६० हाराहारी सहसचिवको प्रस्ताव पठाएको हो । सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा सूची मन्त्रिपरिषदमा पठाइएको हो । जसमा केही काँटछाँट गरेर ५१ सहसचिवहरुको सरुवा टुंग्याइएको जनाइएको छ ।

बिज्ञापन

यस अघि केपी शर्मा ओली प्रधानमन्त्री बनेलगतै ५९ जना सहसचिवको सरुवा गरिएको थियो ।

यस्तै हिजोको क्याविनेटले भूकम्पले भत्काएको धरहराको भग्नावशेष यथावत् राखी नयाँ निर्माण गरिएको काठमाडौँ सुन्धारास्थित धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

यस्तै वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई तथ्याङ्क कार्यालयमा पठाएर त्यहाँ बागमती प्रदेशका प्रमुख सचिव गोविन्द बहादुर कार्कीलाई ल्याएको छ । कार्की अघिल्लो बिहिबारमात्र सचिवमा बढुवा भएर वागमती प्रदेशमा पदस्थापन भएका थिए ।

यस्तै सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । ज्ञवाली यस अघि राष्ट्रिय पूर्ननिर्माण प्राधिकरमा पनि प्रमुख कार्यकारी अधिकृत थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

बिशेष