सीके राउतद्वारा सम्बन्ध बिच्छेदको मुद्दा दायर

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सीके) ले आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्धा दायर गरेका छन् । ललितपुर जिल्ला अदालत स्रोतका अनुसार अध्यक्ष राउतले पत्नी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको मुद्धा दायर गरेका हुन ।

बिज्ञापन

उनले दायर गरेको मुद्धामा अंश सम्बन्ध विच्छेद शीर्षक उल्लेख गरिएको छ । यसको अर्थ राउतले अंश दिएर श्रीमतीसँग वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुन्छ।
प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतकी श्रीमती सिन्धु रानी हुन । उनी भारतीय नागरिक हुन् ।

बिज्ञापन

राउत दम्पतीका दुई छोरी र एक छोरा छन् ।आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटक सँगै नबस्ने भन्दै माइत गइरहने, घरपरिवार र बच्चाको रेखदेख नगरेकोले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा बताएका छन्।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष