सरुवा रोक्न रंगीला हाकिम छिरे सिंहदरबार

गत बर्ष एक जना रंगीला हाकिमका कारण सिंहदरबार नै तातेको थियो । दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका बेला नगरपालिकाकै निवासमा एक महिलासँग मदिरा सेवन गर्दै अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए डमरु निरौला । उक्त प्रकरणसँगै निरौलालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टा भित्र मन्त्रालयमा हाजिरी हुन पत्र काटेको थियो । त्यसपछि करिब ४ महिनासम्म निरौला मन्त्रलालमै बसे ।

बिज्ञापन

पछिल्लो समय उनी सामान्यबाट भूमि मन्त्रालयमा सरुवा भएका थिए । उनै विवादित कर्मचारीलाई कारवाही होइन उल्टै पुरस्कृत ग¥र्यो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले । यौन तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरु प्रसाद निरौलालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालय पर्साको प्रमुखको जिम्मेवारी दिएर पठायो । प्रशासन समूहका कर्मचारीहरूका लागि मालपोत कार्यालय आकर्षक मानिन्छ । गत मंसिरमा काण्ड पछि मन्त्रालयमा तानिएका निरौला त्यसको चार महिना सामान्य प्रशासनको बरण्डामा बसेर पर्सा पुगेका हुन ।

बिज्ञापन

उता पुगेर पूरानै धन्दा जारी राखेका छन् । कार्यालय छ,वीरगञ्जमा तर डेरा लिएका छन्,हेटौंडामा । त्यहाँ दमकमा हुँदा यौनकाण्डमा जोडिएकी महिलालाई कोठा लिएर राखेको पर्सा मालपोतका कर्मचारीहरुले जनाएका छन् । उनै निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले एउटा काम लगाए । आफ्नो निकटको जग्गा प्रशासनसँग सम्बन्धी केही काम थियो । उक्त स्रोतका अनुसार,मन्त्रीका मान्छेसँग समेत काम गर्नका लागि एक लाख घुस लिए । मन्त्री गुप्ताले यो चाल पाए पछि उनको सरुवाका लागि तत्काल भूमि मन्त्रालयलाई आग्रह गरे । सरुवा गरिन लागेको चाल पाएसँगै उनी रातारात काठमाडौं आएर सेटिङ्ग मिलाएर फर्किएका थिए ।

मालपोत कार्यालय पर्सामा उनको ज्यादतीले सीमा नाघेसँगै उनलाई हटाउन पर्साका संघीय सांसददेखि जनप्रतिनिधिहरु नै लागेका छन् । डमरुलाई हटाउने तयारी फेरि शुरु भएसँगै उनी गत सोमबारमात्र काठमाडौं आइपुगेका छन्,सरुवा थमौतीका लागि ।निरौलालाई भूमि मन्त्री बलराम अधिकारीले हटाउने तयारी गरिरहेको थाहा पाएसँगै उनी थमौतीका लागि पर्साबाट काठमाडौं आइपुगेका हुन ।सके त्यही थमौती नभए डिल्लीबजार मालपोत कार्यालय पठाइदिनुपर्यो भन्दै उनी मन्त्रालय चक्कर लगाइरहेका छन्,मन्त्रालयल स्रोतले भन्यो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

ती बैकुण्ठ,यी संगीता

खण्डन तथा क्षमायाचना

निमित्तकै भरमा १८ स्थानीय : १४ नगरपालिका, ४ गाउँपालिकामा खटाउन सकेन प्रमुख प्रशासकीय

बिशेष