सिंहदरबारका कर्मचारीलाई शेयर कारोवारमा अंकुश लगाउने सरकारको तयारी

सिंहदरबारभित्रका कर्मचारी कार्यालय समयमा कार्यालयको काम छाडेर शेयर कारोबारमा व्यस्त रहेको भेटिएसँगै उक्त कारोवारमा लगाम लगाउने तयारी भएको छ ।

बिज्ञापन

सिंहदरबारभित्रका कर्मचारी सेवा छाडेर शेयर कारोवारमा झुम्मिन थालेपछि सिंहदरबारभित्रकै केही कर्मचारीहरुले अख्तियारमा बेनामे उजुरी हालेका थिए । उक्त उजुरी पछि अख्तियारले छड्के अनुगमन गर्दा अधिकांश मन्त्रालयका कर्मचारी शेयर कारोवारमा संग्लग्न रहेको भेटिएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय समयमै सरकारी स्रोत, साधनलाई व्यक्तिगत प्रयोजनमा खर्चिएको पाइएको र सिंहदरबारभित्र कर्मचारीहरु सेवा छाडेर शेयर कारोबार लाग्दा सेवामा प्रत्यक्ष असर पारेकाले प्रधानमन्त्री कार्यालयलाई सिंहदरबारभित्र कर्मचारीलाई सेयर कारोबारमा निरुत्साहन गर्न पत्र काटेको छ ।

बिज्ञापन

सिंहदरबारभित्रका मन्त्रालय,आयोग तथा कार्यालयका खरदार, सुब्बा, अधिकृत र उपसचिव,सहसचिवसमेत शेयर कारोबारमा सक्रिय रहेको भेटिएसँगै अख्तियारले त्यसरी पत्र काटेको जनाएको छ ।
सिंहदरबारका अधिकांश कर्मचारीहरुको दैनिकी नै शेयर कारोबारमा बित्ने गरेको भेटिएसँगै त्यसमा लगाम लगाउन खोजिएको हो ।

अख्तियारको उक्त पत्रसँगै प्रधानमन्त्री कार्यालयले सो पत्र अध्ययन गर्दै आईटीको टिमसँग हाल सिंहदरबारभित्र सेयर कारोबारलाई निरुत्साहन गर्नेगरी निर्देशन दिने तयारी गरेको छ ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयमार्फत सिंहदरबारमा टीएमएस नचल्ने बनाउने तयारी भइरहेको समेत जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतका अनुसार,सिंहदरबारभित्र ब्रोकरहरूको सफ्टवेयर टीएमएस नचल्ने बनाउने तयारी भइरहेको जनाइएको छ ।प्रधानमन्त्री कार्यालयले यस सन्र्दभमा आजै आइटी शाखाका प्राविधिकसँग सोमबार छलफल गर्दै छन् । सरकारी कार्यालयबाट सेयर कारोबार गर्न नसक्नेगरी अथवा सेयर एप खुल्न नसक्ने बनाउने र कार्यालय समयमा कर्मचारीले कार्यालयबाट सेयर कारोबार गरेनगरेको सिस्टमबाट पनि अनुगमन गर्ने निर्देशन हुन सक्ने ती अधिकारीको भनाई छ ।

यस अघि राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्दा निजामती सेवाका जिम्मेवार तहका कर्मचारी सेयर कारोबारमा प्रत्यक्ष संलग्न रहेको भेटिएको थियो। केन्द्रको अनुगमनको क्रममा सरकारी तलबसुविधा खाने केही कर्मचारी बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सेयर कारोबारका निम्ति लामबद्ध रहेको पाइयो । सेयरबजार खुल्ने समय र सरकारी कार्यालयमा सेवाग्राही आउने समय एउटै हो । सोही समयमा सरकारी कर्मचारी शेयर कारोवारमा झुम्मिने गरेको देख्न सकिन्छ ।

यस अघि एकनारायण अर्याल सामान्य प्रशासन सचिव हुँदा कर्मचारीहरुलाई शेयर कारोबारमा लगाम लगाउन खोजेका थिए,सफल भएनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दाइको आवेदन,भाइले दिए अध्यक्षबाट राजीनामा

सरकारी बैंकका अध्यक्षहरुले दिए सामुहिक राजीनामा

सचिवविरुद्ध भ्रष्टाचार मुद्धा प्रदेशका प्रमुख सचिव निलम्बित

छायाँदेवी कम्प्लेक्स भत्काउन माग गर्दै माइतीघरमा प्रदर्शन

पोखरा विमानस्थल भ्रष्टाचार: १४ जनाविरुद्ध मुद्दा दायर, बिगो ३ अर्ब ६५ करोड

बलात्कार आरोपमा वडाध्यक्ष बुढा पक्राउ

प्रशासकीय र श्रम अदालतका सदस्यहरूलाई राजीनामा दिन सरकारको आग्रह

अध्यादेशको असर: एकै झट्कामा १२ कर्मचारी ट्रेड युनियन निष्क्रिय

बिशेष