माओवादी सहसचिवहरु तितर वितर

प्रचण्ड सरकारले सहसचिवमध्ये केही खेदिएर दूरदराजमा पुगे,केही सिंहदरबारमै रहे । यसरी सरुवा गरिएकामध्ये दुर्गममा खटाइएकाहरु अझैं सिंहदरबार छाड्न मानेका छैनन ।
बरु प्रचण्ड सरकारमा अवसर माथि अवसर पाएका ढुण्डीप्रसाद निरौला सिंहदरबार छाड्न परेन,उनी भन्सारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे । यस अघि निरौला नाथमको कार्यकारी निर्देशक भएर काम गरेका थिए । अर्थमन्त्री हुँदा वर्षमान पुनले नजिक राखेर नै काम गरेका सहसचिव नरेन्द्रकुमार राना अर्थ मन्त्रालयबाट लखेटिएका छन् । रानालाई अर्थ मन्त्रालयबाट सरुवा गरेर लोक सेवा आयोगमा पठाइएको छ । त्यस अघि उनी रेनु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए । माओवादी केन्द्र सरकारमा हुँदा अवसरको चाङमा रमाउने सहसचिवको नाम हो चक्रबहादुर बुढा । माओवादीमा मन्त्री भएका हरेकको रोजाइमा पर्ने गरेका बुढाले प्रचण्डको पालामा पनि प्रशस्त अवसर पाएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत लामो समय काम गरेका बुढा केही समय पर्यटन विभागको महानिर्देशक पनि भएका थिए । उक्त विभागबाट बुढा राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका थिए । उनलाई केपी ओली सरकारले विशेष माया गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेका छन् ।

बिज्ञापन

यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक भएका कमलप्रसाद भट्टराईलाई प्रधानमन्त्री ओलीले राष्ट्रिय सूचना आयोगमा पठाएका छन् । प्रधानमन्त्री हुँदा प्रचण्डलाई निकै साथ दिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरेका अर्जुन भण्डारी पनि ओलीको निसानामा परे । उनलाई राष्ट्रिय योजना आयोगमा पु¥याइएको छ । सहसचिव बुढाजस्तै प्रचण्ड सरकारबाट निकै अवसर पाउने र शक्तिको प्रयोग गर्ने सहसचिव थिए नवराज ढुंगाना । उनलाई केही समय प्रचण्डले आफ्नो निजी सचिवालयमा राखेर प्रधानमन्त्री कार्यालयमा हालीमुहाली गराएका थिए । ढुंगानालाई महावाणिज्य दूत बनाउन परराष्ट्र मन्त्रालयमा सरुवा गरेपछि बुढालाई राजस्व अनुसन्धान विभागमा सरुवा गरिएको थियो । ती ढुंगानासँगै सहसचिव नारायणप्रसाद भट्ट र ईश्वरराज पौडेललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको थियो । डलरमा भत्ता खाने विदेश जाने र जान मरिहत्ते गर्ने सहसचिवमध्येका एक नवराजलाई प्रदेशतिर लखेटिएपछि सरुवा उल्टाउने जोडबलमा लागेका छन् ।

बिज्ञापन

यस्तै यस अघि अध्यागमनको डिजी हुँदै कोलकाता पुगेका ईश्वरराज पौडेल, पुष्पराज शाहीहरु समेत सरुवा उल्टाउने खेलामो लागेका छन् । पौडेल महावाणिज्यदूतावासमा ४ वर्ष पूरा गरेर हालै फर्किएका छन्,उनलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएका छ ।

यस्तै महावाणिज्यदूतावास ताकेर बसेका ढुंगानालाई सुदूरपश्चिम प्रदेश प्रदेश प्रमुखको कार्यालयमा सरुवाभएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हुँदा चरम विवादमा आएका सहसचिव पुष्पराज शाहीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको रूपमा सरुवा गरिएको छ । यता, हेमराज तामाङ हर्ताकर्ता भएरै काम गरेका थिए । तामाङको हालीमुहाली मन्त्रालयमा बढेको बेलामा किराँती मात्र होइन, पछि आएका मन्त्री हितराज तामाङले मन्त्रालयको नेतृत्व गरेका थिए । अहिले सहसचिव तामाङ पर्यटन मन्त्रालयबाट लखेटिएर कोशी प्रदेशको प्रदेश सचिवमा सरुवा भएका छन् । कोशी तामाङको गृह प्रदेश पनि हो । अनि, प्रचण्डको पालामा ललितपुरको प्रमुख जिल्ला अधिकारीसमेत भएर पर्यटन मन्त्रालय आएका रुद्र पण्डित पर्यटन विभागको महानिर्देशक भएर काम गरिरहेका थिए । अहिले सहसचिव पण्डित पर्यटन विभागको महानिर्देशकबाट राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् ।

बिज्ञापन

नयाँ सरकार आएपछि कर्णाली प्रदेश सरुवा भएका शाहीमाथि सरुवा उल्टाउन चलखे गरिरहेको आरोप छ । शाहीले दुर्गम कोटाबाटै नायब सुब्बा, शाखा अधिकृत र उपसचिवमा बढुवा भएका हुन । डलरमा तलब खान पाइने विदेशी मुलुकमा जान जोडबल गर्ने सहसचिवहरु आफ्नै देशको प्रदेशमा भएको सरुवा उल्टाउने खेलामो सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कीर्ते कागजातको भरमा नियुक्ति,सचिव र मन्त्री नै तानिने भएपछि सरकारको तर्फबाट चलाखी

मेयरका स्वकीयबाट कार्यकक्षमै कुटिए प्रमुख प्रशासकीय अधिकृत,सुरक्षाको प्रत्याभुत नभएसम्म सबै सेवा ठप्प

पाँच दिन पछि खुल्यो पालिका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला

१८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश

आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नगर्न अर्थ मन्त्रालयको परिपत्र

धमाधम हटाइँदै करारका कर्मचारी

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

बिशेष