प्रधानमन्त्री तलव बढाउन सकिन्न भन्छन्, एमाले बरिष्ठ उपाध्यक्षका छोरा तलव बढाउन आन्दोलन गर्छन्

निजामती सेवा दिवसको दिन प्रधानमन्त्री केपी ओलीले कुनै पनि कर्मचारीको तलव २५ पैसा पनि बृद्धि गर्न नसकिने अवस्था रहेको अभिब्यक्ति दिईरहँदा प्रधानमन्त्रीकै पार्टी र सत्तारुढ पार्टी निकट कर्मचारी भने तलवमान बृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
प्रधानमन्त्रीकै पार्टीका बरिष्ठ उपाध्यक्षको छोराकै नेतृत्वमा दुई सातादेखि कृषि अनुसन्धान परिषद्ना नार्कमा तालाबन्दी भइरहेको छ,तलबबृद्धिको माग राखेर त्यहाँ बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको छोराको नेतृत्वमा नार्कमा अहिले तालाबन्दी भईरहेको हो । पोखरेलका छोरा सिर्जन,नार्कका वैज्ञानिकका रुपमा कार्यरत छन् । त्यहाँ पोखरेलको नेतृत्वमा भइरहेको आन्दोलनमा योजना निर्देशक लुमानिधि पाण्डेलगायतले सघाईरहेका छन् । पाण्डे काँग्रेस निकट हुन् । आन्दोलनको नाममा कार्यकारी निर्देशक डाक्टर दोजराज खनालको कार्यकक्षमा तालाबन्दी गरिएको छ । केन्द्रमा तालाबन्दी, अन्य कार्यालयमा पेन डाउन, कार्यकालका चार पांग्रे गाडी प्रयोगमा निषेध गरिएको छ ।

बिज्ञापन

नार्कमा कार्यरत वैज्ञानिक कर्मचारीहरुलाई विभेदकारी ढंगबाट कम हुने गरी तलबमान कायम गरिएको भन्दै उनीहरुले आन्दोलन गरेको बताउँछन् । त्यस सम्बन्धी रिटमा पाटन उच्च अदालतले समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन गराउन परमादेश जारी गरेको थियो । सो अनुरुप तलव बृद्धि गर्न कार्यकारी निर्देशकले सञ्चालक समितिमा प्रस्ताव पेश गरेका थिए । तर, अर्थमन्त्रालयका प्रतिनिधिले स्रोत सुनिश्चिता नभई यो निर्णय गर्न नसकिने अडान राखेपछि कुनै निर्णय हुन सकेको छैन । अर्थले स्रोत नभएका कारण तलव बढाउन नसकिने बताईरहँदा उनीहरु भने कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाइरहेका हुन ।
उनीहरुले रिषद्लाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै परिषद्का कार्यकारी निर्देशक, निर्देशक र कानुनी सल्लाहकारको राजीनामा मागेका छन् । तर, आफूहरु भने आन्दोलनकैबीच बैदेशिक भ्रमणमा गईरहेका छन् ।
तलबमानमा गरिएको त्रुटीलाई सच्याई पाउँ भनि परिषद् समक्ष मौखिक र लिखित रुपमा पहल गरे पनि विभिन्न बहाना देखाएर परिषद्ले वैज्ञानिकको पक्षमा कुनै ठोस कदम नचालेको भन्दै गत चैत १५ गते उच्च अदालत पाटन रिट दायर भएको थियो ।
सोही रिटउपर अदालतले जेठ २ गते समान समकक्षी तहका प्राविधिक÷प्रशासनिक कर्मचारीहरु भन्दा निज रिट निवेदकहरुलाई कम हुने गरी आधारभूत तलबमान कायम हुनु असमान र विभेदकारी भएकोले साउन १ गतेबाट लागू हुनेगरी समकक्षी तथा प्राविधिक÷प्रशासनिक कर्मचारीसँग समान हुने गरी समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन गराउन परमादेश दिएको थियो ।

बिज्ञापन

त्यसोत प्रधानमन्त्रीकै पार्टीको उपाध्यक्षको छोरा हुँ भन्दै सिर्जनलाई तत्कालिन कृषिमन्त्री हरि पराजुली र कार्यकारी निर्देशकले फरक बिषय पढेका पोखरेललाई नियुक्ति दिएका हुन । परिक्षणकालमै रहेको अवस्थामा ०७२ सालताका अमेरिकामा रहेकी श्रीमती भेट्न भ्रमण आदेश गराएर अमेरिका गएका पोखरेललाई माथिल्लो निकायवाट स्पटिकरण सोधिएको थियो । तर, पहुँचका भरमा उनलाई कुनै कार्वाही भएन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।