ग्रीन हाउसबाट महिना दिनमै मधुकुमार योजना आयोगमा सिफ्ट

उपराष्ट्रपति कार्यालयमा सरुवा भएर गएको महिना दिन पछि नै सचिव मधुकुमार मरासिनी सरुवा भएर राष्ट्रिय योजना आयोगमा आइपुगेका छन् । यस अघि मरासिनीलाई अर्थ मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा खटाइएको थियो गत महिना । २२ सचिवहरु सरुवा हुँदा मरासिनीलाई अर्थबाट उपराष्ट्रपति कार्यालयमा खटाइएकोमा त्यहाँबाट महिना दिनमै उनलाई सरुवा गरिएको हो ।
उसो त यस अघि सचिव मुकुन्द निरौला त त्यहाँ तीन दिन पनि टिकेनन्,उनी पछिको सचिव राधिका अर्याललाई पनि लामो समय त्यहाँ राखिएन । बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका सचिव मधुकुमार मरासिनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको हो ।

बिज्ञापन

त्यस्तै गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

बिज्ञापन

बैठकले सचिवमा बढुवा भएका गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको छ । कार्की यसअघि बागमती प्रदेशकै कायममुकायम प्रमुख सचिव थिए ।

योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले मुख्यसचिव नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै अनिवार्य अवकाशमा जानुअघि नै राजीनामा दिएका थिए । त्यसपछि रिक्त सचिव पदमा सरकारले मरासिनीलाई सरुवा गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काठमाडौंमा जुवा–मिटरब्याजको जालोः आफ्नै रेष्टुरेन्टमा जुवा खेलाउँदै पक्राउ परे प्रचण्ड खड्का

कर्मचारीको उमेर हद ५५ बनाउँदा यही बर्ष अवकाशमा जानेछन ७ हजार कर्मचारी

दीपक भट्ट प्रकरणमा नयाँ मोड: अनुसन्धान गर्ने विभागकै महानिर्देशकको श्रीमती शेयरधनी

बिचौलिया भट्टको जालोमा सम्पत्ति शुद्धिकरण डिजीकी श्रीमतीको सेयर भेटिएपछि अनुसन्धानमा प्रश्न

सम्पत्ति शुद्धीकरणका महानिर्देशकको दीपक भट्टसँग कनेक्सन

नयाँ सरकार बनेको तीन सातामै पाँच कर्मचारीले दिए राजीनामा

घुस वापतको ४ करोड २२ लाख रकम नासुको खातामा

ब्राउन सुगरसहित ५ जना पक्राउ

बिशेष