निजामती पुरस्कार :- सर्वोत्कृष्ट कर्मचारी नभेटेको कि नखोजेको ?

सरकार यस बर्ष पनि हजारौं बर्कचारीको भीडबाट एक जना सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी भेट्न सकेन ।झण्डै एक लाख कर्मचारीमध्ये सर्वोत्कृष्ट कर्मचारी कोही नभएकै हो ? उसो हो भने कर्मचारीको कार्यसम्पादन र कार्यक्षमतामाथि कै प्रश्न होइन र यो ? यो कर्मचारीको भीडमा सर्वोत्कृष्ट कर्मचारी नभेटेको हो वा नखोजेको ?

बिज्ञापन

निजामती सेवा दिवसको अवसरमा १० कर्मचारीलाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र अन्य ३० जनालाई निजामती सेवा कर्मचारी पुरस्कार वितरण गर्न लागिएको छ । सरकारले् हरेक वर्ष २२ भदौमा निजामती सेवा दिवस मनाइन्छ । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन ।

बिज्ञापन

पुरस्कारका लागि विभिन्न मन्त्रालय र देशभरका संघीय कार्यालयहरूबाट पुरस्कारको लागि जम्मा १६२ जनाको नाम सिफारिस भई आएको थियो। मुख्य सचिवको अध्यक्षतामा रहने पुरस्कार सिफारिस समितिमा सरकारले पूर्वसचिव गोपीकृष्ण खनाल, कानुन सचिव उदयराज सापकोटा र संघीय मामिला तथा सामान्य प्रशासन सचिव भरतमणि सुवेदी समेत रहेको समिति बनाएर पुरस्कार पाउने कर्मचारीहरु छनोट गरेको थियो । उक्त समितिले सिफारिस भइ आएका १६२ जनामध्येबाट ४० कर्मचारीको नाम सरकारसमक्ष सिफारिस गरेकोमा ती ४० कर्मचारीलाई पुरस्कृत गर्न लागेको हो । मुख्यसचिवले नेतृत्व गर्ने यो समितिले गरेको मूल्यांकनका आधारमा सवोत्कृष्ट कर्मचारी छनोट गर्न नसेकेको हो ।

२०६१ सालबाट निजामती सेवा दिवस मनाउन थालेदेखि नै निजामती सेवा पुरस्कारको वितरण थालिएको थियो । त्यतिबेलै २ लाख रुपैयाँ राशिसहित एक जनालाई ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ दिने व्यवस्था गरिएको थियो । वर्षैसाल १० जनालाई १ लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार दिइन्छ । पछिल्लो पटक २०७३ मा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए ।कुनै समय विवादित पृष्टभूमिका सूर्य गौतमलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएकै कारण आजसम्म पनि २ लाख राशीको उक्त पुरस्कार विवादमा मात्र परेको छैन । यसअघि भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी, भाइकाजी तिवारीलगायतले मात्र सर्वोकृष्ट निजामती पुरस्कार थापेका छन् । जसमध्ये गौतम, तिवारी, काफ्ले विवादित चरित्रका पात्र हुन् । यसअघि सर्वोत्कृष्ट पुरस्कार थापेका सहसचिव सूर्य गौतम लोकसेवा आयोगमा विज्ञ हुँदा आफ्नी श्रीमतीलाई उत्तीर्ण गराएको आरोप लागेसँगै सर्वोत्कृष्ट निजामती पुरस्कार नै विवादमा पर्दै आएको छ । सोही कारण ०७३ सालदेखि यो पुरस्कार वितवरण गर्न छाडिएको छ । पुरस्कार वितरण हुन छाडेको ८ बर्ष भएको छ । २२ भदौ २०१३ मा पहिलो निजामती सेवा ऐन आएको दिन पारेर २०६१ सालदेखि दिवस मनाउन थालिएयता वितरण भएका सर्वोत्कृष्ट पुरस्कार पाएकहरु पछि विवादमा तानिएका थिए । २१ वर्षमा ४ जना कर्मचारीले मात्र सर्वोत्कृष्ट कर्मचारी पुरस्कार पाएका छन् । २०६८ मा सूर्यप्रसाद गौतम, २०६९ मा भाइकाजी तिवारी, २०७० भगवतीप्रसाद काफ्ले र २०७३ मा शान्तराज सुवेदी सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । जसमध्ये केही विवादमा परेपछि यो पुरस्कार वाड्न छोडिएको हो ।

बिज्ञापन

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक पाएको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नभोगेको र पुरस्कारको लागि सिफारिस हुने वर्षमा व्यक्तिगत बेरुजु कायम नदेखिएको हुुनपर्छ ।
नियमित रुपमा सम्पत्ति विवरण पेश गरेको, असाधारण विदाभएको भए त्यसपछि कम्तीमा दुई वर्ष काम गरेको, सम्बन्धित वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन विदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेकोसहित प्रशासनिक बेरुजु नदेखिएको र प्रचलित कानूनबमोजिम बरबुझारथ गरेको हुनुपर्ने मापदण्ड छ । यो वर्ष पनि सर्वोत्कृष्टको न्युनतम् मापदण्डहरु पुरा भएका कोही पनि कर्मचरीको नाम मन्त्रालय र निकायहरुबाट सिफारिस नै भएर नआएको कारण सरकारले सर्वाेत्कृष्ट निजामती पुरस्कार दिन नसकेको समितिका एक सदस्य बताउँछन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कीर्ते कागजातको भरमा नियुक्ति,सचिव र मन्त्री नै तानिने भएपछि सरकारको तर्फबाट चलाखी

मेयरका स्वकीयबाट कार्यकक्षमै कुटिए प्रमुख प्रशासकीय अधिकृत,सुरक्षाको प्रत्याभुत नभएसम्म सबै सेवा ठप्प

पाँच दिन पछि खुल्यो पालिका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला

१८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश

आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नगर्न अर्थ मन्त्रालयको परिपत्र

धमाधम हटाइँदै करारका कर्मचारी

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

बिशेष