गृह सचिवमा लैजान यस्तो चल्दैछ गृहकार्य

गृह मन्त्रालयमा जान केही सचिवहरु ज्यानै फालेर लागेका छन् । चौथौं बरियताका एकनारायण अर्याल मुख्यसचिवमा उक्लिएसँगै त्यहाँ जान काँग्रेसी सचिवहरुको लिगलिगे दौड जारी छ । सोमबार अवेरमात्र गोकर्णमणि दुवाडीले गृहमन्त्री रमेश लेखक भलाकुसारी गरेर फर्किएका छन् । तर गोकर्णप्रति रमेश पोजेटिभ छैनन् । व्यवस्थापनमा एकदमै कमजोर मानिन्छन्,उनी । उनका समकक्षीहरु नै उनीमाथि सीमित घेराबन्दीमै रमाउने गरेको आरोप लगाउँछन । लामो समय भूमि प्रशासनमा बसेका उनको जग्गा दलालसँग एकदमै उठबस छ । केन्द्रीय तथ्यांक विभागमा जानु अघि हर सम्भव प्रयास गरे तर,यस अघि रमेश लेखकको सचिवालयका केही कर्मचारीलाई विगतमा दुख दिएका कारण उनलाई गृह नलगिने पक्कापक्की छ भनिन्छ ।

बिज्ञापन

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पाँच पटकसम्म सचिव बढुवाको सिफारिसमा परेर समेत उनलाई किन उकालिएन ? जतिखेर दुवाडी भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक थिए । बिष्णु रिमालले झापातिरका एक जना सुव्वाको सरुवा गरिदिन आग्रह गरे,टेरेनन् । यही बिषय वालुवाटारसम्म पुगेपछि उनको बढूवा रोकिएको बताइन्छ । उसो त भूमि मन्त्रालयबाट सरुवा भएर हिड्नु अघि गोकर्णले एकै पटक सुव्वादेखि अधिकृत तहसम्मका ७० बढी कर्मचारीको बेमौसमी सरुवाको लफडा जारी छ,त्यहाँ अहिले । जथाभावी सरुवा गर्दा अहिले ललितपुर मालपोतमा दरबन्दीभन्दा बढी २ अधिकृत,भक्तपुर मालपोतमा ३ जना दरबन्दीभन्दा बढी खटाइएको छ ।

बिज्ञापन

उता पत्नी आभा कर्ण र परराष्ट्रमन्त्री आरजु राणा एकै भेगका हुन । सोही कारण मात्र होइन दक्षिण दुतावाससँग समेत बाक्लो आउजाउ भएका कृष्णहरि पुष्कर गृहसचिव खान ज्यानै फालेर लागेका छन् । उनले बूढानिकलण्ठ र दुतावास दुबै रिझाएको भए पनि काम नगर्ने,मुखमात्र चलाउने स्वभावका कर्मचारीका रुपमा उनी चित्रित छन् । मुकुन्द निरौलालाई गृह सचिव बनाउन खोजिएको हो तर उनले म श्रममै खुसी छु भनेर जबाफ फर्काएको बताइन्छ ।

उता, विनोद सिंह सूदुर पश्चिमतिरकै हुन । यस अघि नै गृहसचिव चलाइसकेका । उनको मन्त्रीसँग ट्युनिङ मिल्ने बताइन्छ तर बूढानिलकण्ठसँग बढी सम्बन्ध रहेका कारण उनलाई सचिव बनाउँदा मलाई क्रस गर्ला कि भन्ने भय छ,मन्त्री लेखकलाई ।

बिज्ञापन

मुख्यसचिवको पहिलो रोलक्रममा थिए,तोयनारायण ज्ञवाली,एकनारायण अर्याल पक्कापक्की मुख्य सचिव बनाइने चाल पाएपछि अघिल्लो साता उनले राजीनामा दिए । स्वीकृत पनि भयो । दोश्रो नम्बरमा माओवादी निकटका सचिव रामकृष्ण सुवेदी,सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले घर जान लागेका सचिवलाई नचलाऔं भन्दाभन्दै केपी शर्मा ओलीले उनलाई सार्वजनिक खरिद अनुगमनतिर लखेटेका छन् । तेश्रो नम्बरमा रहेका महिला सचिव दिनेश भट्टराईले समेत मुख्यसचिव नियुक्तिप्रति असन्तृष्टि जनाउँदै राजीनामा दिए । दुई सचिवले राजीनामा दिँदा गलत सन्देश जाने,हंगामा मच्चिने भन्दै उनलाई राजीनामा फिर्ता दिनबाट रोकेर गृह सचिव बनाइने आश्वासन दिइएको चर्चा छ,प्रधानमन्त्री कार्यालयतिर ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष