कार्यालय छुट्टी भएपछि फोन गर्दै दुःख दिने उपसचिवको काम

सरकारी कर्मचारी तथा निकायहरूमा हुने बेथितिमा लगाम लगाउने दायित्व बोकेको निकाय हो‑राष्ट्रिय सतर्कता केन्द्र । अन्य मन्त्रालय,निकाय वा कार्यालयका कर्मचारीहरुले कानुन र नियम विपरित काम गरे उनीहरुलाई कारवाही प्रक्रिया अगाडि बढाउने निकाय पनि हो यो ।

बिज्ञापन

तर यही निकायमा बस्ने ठालू कर्मचारीहरुले सरकारी नियम कानुनको धज्जी उडाएर सरकारी स्रोत सम्पत्तिमा रजाई गरिरहेको भेटिएको छ ।सरकारी नियमअनुसार सहसचिवभन्दा तलका कर्मचारीलाई गाडी सुविधा पाउँदैनन् । यसको अर्थ उपसचिवले सुविधाका रुपमा सरकारी गाडी पाउँदैन् तर राष्ट्रिय सर्तकता केन्द्रका उपसचिवले सवारी सुविधा लिँदै आएको भेटिएको छ । उपसचिवले कार्यालय प्रयोजनका लागि खरिद गरिएको गाडी व्यक्तिगत रुपमा समेत चढ्न नपाउने भए पनि उनले सवारी साधनलाई आफ्नै घरमा लगेर राख्ने गरेका भेटिएको छ ।

बिज्ञापन

यस्तो दुरुपयोग गर्ने व्यक्ति हुन्उ केन्द्रका उप-सचिव श्रीधर ज्ञवाली । उनी लेखाका हाकिम हुन । उनले केन्द्रमा परेका विभिन्न उजुरीहरूलाई साँझ ५ बजे कार्यालय छुट्टी भएपछि हेरेर फोन गर्दै दुःख दिने गरेको पीडित कर्मचारीले गुनासो गर्दै आएका छन् । उनी राति ७ बजेसम्म केन्द्रमा बसेर उजुरी हेर्ने, महत्वपूर्ण र खेतीपाती हुने खालकालाई टेलिफोन गरी थर्काउने र नटेर्ने हरुलाई कतिपय अवस्थामा आफैं उजुरी हालेर कर्मचारीहरूलाई दुःख दिने गरेको पीडित कर्मचारीहरूले गुनासो गरेका छन् । उनी ०८० मंसिर १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट केन्द्रमा सरूवा भएर आएका हुन् । लेखा समूहका उपसचिव ज्ञवालीले लेखापाल लोकनाथ दाहाल र लेखा अधिकृत कमल खड्कालाई पनि स्वतन्त्ररुपमा काम गर्न नदिई दुःख दिंदै आएको स्रोतले बताएको छ । लेखामा कर्मचारी अभाव हुँदा करारमा नियुक्त गरेका कर्मचारीलाई पनि उनले हटाएका छन् ।

लेखाका कर्मचारीको आर्थिक वर्षको अन्तिम समय असारमा बाहेक अरू महिना ओभरटाइम बस्नुपर्ने आवश्यकता नै पर्दैन । तर, उनी बिहान पनि चाँडै आउने र साँझ पनि ढिलागरी घर जाने गरेको स्रोतले बताएको छ । निजामती सेवामा कानूनले नै उपसचिवलाई सवारी साधनको सुविधदिएको छैन । तर, उपसचिव ज्ञवालीले प्रशासनका सहसचिव र सचिवलाई थर्काएर सवारी साधन, इन्धन, चालक र मर्मतसम्भार खर्च सुविधासमेत लिंदै आएको स्रोत बताउछ ।प्रशासन र लेखाका हाकिमहरु मिलेर अहिले सर्तकता केन्द्रमा मनोमानी गरिरहेका कर्मचारीहरु बताउँछन् । ज्ञवाली तिनै कर्मचारी हुन,जो प्रभु साह शहरी मन्त्री हुँदा खाजाको पैसाको बिषयमा लफडा निस्केपछि त्यहाँबाट सञ्चारमा हुँदै सतर्कता केन्द्रमा पुगेका हुन ।उनको व्यवहार र शैलीका कारण कर्मचारीहरु आजित छन् ।

बिज्ञापन

अधिकार सम्पन्न केन्द्र यस्तै यस्तै कर्मचारीका कारण गति लिन नसकेको बताइन्छ । केन्द्रले सरकारी निकायबाट तलब भत्ता खाने जुनसुकै कर्मचारीको अनुसन्धान गर्न सक्ने कार्यक्षेत्र छ । सचेत गराउने,विभागीय कारवाही गर्ने देखि विकास निर्माणमा गलत भएको छ जाँचबुझ समेत गर्न सक्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

बिशेष