सरकारले संघमा ४ सहसचिव,५५ उपसचिव र ७० जना अधिकृतको दरबन्दी थप गरेको छ ।
बिज्ञापन
१३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संगठन र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।
बिज्ञापन
जसअनुसार, कृषि मन्त्रालयअन्तर्गतका परियोजनाहरु सञ्चालनका लागि संघ सरकारमातहत थप १२९ जना कर्मचारीको दरबन्दी थप गरेको छ । मन्त्रालय अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न परियोजना कार्यान्वयन इकाइ मातहत रहन गरी नयाँ दरबन्दी तेरिज स्वीकृत भएको उनले बताए ।
यो निर्णयले सिंहदरबार र काठमाडौंभित्र बस्ने संघीय कर्मचरीको दरबन्दी बढाएको छ । सरकारले कृषितर्फ संघ सरकार अन्तर्गत ४ जना सहसचिव, ५५ जना उपसचिव र ७० जना अधिकृतको दरबन्दी थपेको हो ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%























