महिला सचिवको स्पोष्टक्ति :-‘ मैले राजीनामा दिएको छैन’

 

बिज्ञापन

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले पदबाट राजीनामा दिएको समाचारमा सत्यता नरहेको जनाएका छन् ।

बिज्ञापन

मुख्यसचिव बढुवामा असन्तुष्टि जनाउँदै भट्टराईले राजीनामा दिएको समाचार प्रकाशित भएपछि उनले विभिन्न सञ्चारमाध्यममा प्रकाशित उक्त समाचारमा सत्यता नरहेको जनाएका हुन ।

सचिवको बरियताको चौथो नम्बरमा रहेका गृह मन्त्रालयका सचिव एकनारायण अर्याल मुख्सचिव नियुक्त भएपछि पहिलो बरियतामा रहेका ज्ञवालीले राजीनामा दिएका थिए । उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत समेत गरिसकेको छ ।

बिज्ञापन

गत १३ भदौंमा बसेको मन्त्रिपरिषद्को बैठकले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले समेत राजीनामा दिएको खबर बाहिरिएपछि उक्त खबरमा कुनै सत्यता नरहेको सचिव भट्टराईले स्पष्ट पारेका छन् ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,विभिन्न अनलाईनहरुमा मैले राजिनामा दिएको र स्वीकृत समेत भई सकेको भनि प्रकाशन भएको समाचारमा सत्यता नरहेको अनुरोध गर्दछु ।

वरिष्ठ सचिवहरुलाई पन्छ्याउँदै पाँचौ बरियतामा रहेका गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि तेस्रो बरियतामा रहेका सचिव भट्टराईले राजीनामा दिएको खबर सार्वजनिक भएसँगै सचिव भट्टराईले ती समाचारप्रति खण्डन गर्दै आफूले राजीनामा दिने सोच नबनाएको बताएका छन् ।

ज्येष्ठता र बरिष्ठाताका आधारमा तोयानारायण ज्ञवाली २०७६ भदौं २२ गते, रामकृष्ण सुवेदी ०७६ कार्तिक ५, दिनेश भट्टराई ०७६ माघ २० गते सचिवमा बढुवा भएका हुन । हाल कारागारमा रहेर निलम्बित टेकनारायण पाण्डे २०७६ माघ २२ र पाँचौँमा एकनारायण अर्याल ०७६ फागुन १८ मा सचिव बनेका हुन ।

जसमध्ये टेकनारायण पाण्डे अहिले जेलमा छन । बरिष्ठताका आधारमा पाँचौ नम्बरमा रहेका एकनारायण अर्याललाई मुख्य सचिव बनाइएुँगै सिनियर दुई सचिवले राजीनामा दिँदा नराम्रो सन्देश जाने भन्दै दिनेशलाई थामपुरी पारिएको बताइएको छ । राजीनामा दिनबाट व्याक भएका सचिव भट्टराईलाई गृह सचिव बनाउने तयारी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उता ‘शून्य फाइल’,यता बढुवा फाइल महिनौंदेखि घर्रामा

खटाएका ठाउँमा गएनन् ७ उपसचिव र ९ शाखा अधिकृत,कारवाही गर्ने मन्त्रालयको तयारी

नियम विपरित प्रयोग भएका चार पाँग्रे सवारीको विवरण खोज्दै प्रधानमन्त्री कार्यालय

प्रमुख प्रशासकीय अधिकृतहरूको ‘यौनकाण्ड’ उजुरीले सामान्य प्रशासन मन्त्रालयमा हलचल

सम्पत्ति शुद्धीकरणका डिजी जिम्मेवारी मुक्त,अन्य तीन सहसचिव प्रदेशतिर

सिंहदरबारबाट निकालिँदै दुई हजार रैथाने कर्मचारी

ई- हाजिरी कडाईका साथ कार्यान्वयन गर्न मन्त्रालयको परिपत्र

मालपोत कार्यालय भक्तपुरबाट ११ जना पक्राउ

बिशेष