विद्युत प्राधिकरणलाई लाग्दैन कालोबजारी ऐन ?

२० प्रतिशतभन्दा बढी मुनाफा लिए सिधै कालोबजारी ऐन आकर्षित हुन्छ, त्यसरी नाफा लिनेलाई सीधै कैद सजाय हुने कानुनी व्यवस्था समेत छ । तर दाना पसले, लत्ताकपडा, मेडिकलवाला होइन कि सरकारी एकाधिकारप्राप्त एउटा निकायले खुलेआम कालोबजारी गरिरहेको छ । यस्तोमा सरकार, ऊर्जामन्त्री र कुलमान घिसिङहरूलाई कालोबजारी ऐन लाग्छ कि लाग्दैन ?

बिज्ञापन

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने एकाधिकारप्राप्त सरकारी निकायले ३ प्रतिशतभन्दा बढी मुनाफा लिन पाउँदैन तर विद्युत्् प्राधिकरणको खुद नाफा नै २४ प्रतिशत रहेको देखिन्छ, अघिल्लो आर्थिक वर्षको विवरण केलाउँदा । खुद नाफा २४ प्रतिशत आर्जन गर्नका लागि उसले त्योभन्दा बढी नाफा लिएको हुनुपर्छ । ०७९/८० मा विद्युत् प्राधिकरणको खुद मुनाफा १२ अर्ब थियो । एकातिर दक्षिणी छिमेकी मुलुकलाई वार्षिक अर्बाैंको ऊर्जा बेच्ने विषय छ । त्यसमा पनि घाटाको व्यापार चलिरहेको छ । भारतलाई नेपालले प्रति युनिट ७ रुपैयाँ ७६ पैसामा बिजुली बेचेर उताबाट प्रतियुनिट १० रुपैयाँ ७६ पैसामा किन्दै आएको छ ।

बिज्ञापन

यो भनेको प्रतियुनिट ४ रुपैयाँ घाटाको व्यापार हो । अघिल्लो आर्थिक वर्ष मात्र नेपालले भारतसँग ऊर्जामै ९ अर्ब घाटा व्यहोरेको छ । प्राधिकरणले जति नाफा आर्जन गरेको छ त्यो भनेको नेपालीलाई नै बेचेको फल हो । अघिल्लो आर्थिक वर्ष विद्युत् प्राधिकरणले ९० अर्बको बिजुली नेपालीलाई नै बेचेर कमाएको नाफा हो १२ अर्ब । अघिल्लो आर्थिक वर्ष १ अर्ब ३५ करोड युनिट स्वच्छ बिजुली निर्यात गरी १० अर्ब ४५ करोड बराबरको बिजुली बेच्दा उताबाट १ अर्ब ८३ करोड युनिट (प्रदूषक) बिजुली निर्यात गरिएको अर्थात् १९ अर्ब ४४ करोडको आयात गरिएको छ । अघिल्लो आर्थिक वर्षको विद्युत् व्यापार घाटा ८ अर्ब ९९ करोड थियो । यो आर्थिक वर्षको पुस महिनासम्ममा १५ अर्बको बिजुली भारतलाई बेचिएकोमा अब सुख्खायाममा उताबाट कति बिजुली किनिछ त्यो हेर्न बाँकी छ । भारतलाई १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्ने र हामी धनी बन्ने गफलाई विज्ञहरु सोम शर्माको सपना भन्दै छन् ।

हरि रोक्काहरुको नेपाल वैकल्पिक अध्ययन समाजले गतहप्ता आयोजना गरेको कार्यक्रममा जलविद्युत्मा भारतको औपनिवेशीकरण हुन लागेको कार्यपत्र लिएर प्रस्तुत हुँदै थिए रत्नसंसार श्रेष्ठ । रत्न हरिका गुरु । ९ पृष्ठ लामो कार्यपत्रमा विगतदेखि वर्तमानसम्म भारतले विद्युत् ऊर्जामा कसरी पेलपाल गरिरहेको छ तथ्य र तथ्यांक उल्लेख थियो । कार्यपत्रमाथिको टिप्पणीकार थिए, ऊर्जामन्त्री शक्ति बस्नेत, पूर्वमन्त्री दीपक ज्ञवाली, हरि पण्डित र प्रकाश दुलाल । तर ऊर्जामन्त्री बस्नेत राजनीतिक भाषण दिएर हिँडे । निमन्त्रणा गर्न पुग्दा शक्तिले भनेका थिए, कार्यपत्र त निकै कडा रहेछ नि दाइ ! हरि रोक्का कुलमान घिसिङलाई निम्त्याउन गएका थिए । कार्यपत्र प्रस्तोताको नामै सुनेर उनी आउन चाहेनन् । रत्नले भने कुलमानलाई अनावश्यक रुपमा नेपालीले हिरो बनाएको टिप्पणी गर्दै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक करोड हिनामिना प्रकरण : तत्कालीन कृषि सचिव सिंह भ्रष्टाचारी ठहर

दुई प्राविधिक र शिक्षा सेवाका एक सहसचिवको सरुवा

झापामा मनसुनजन्य जलप्रकोप न्यूनीकरणका लागि संयुक्त अभ्यास सम्पन्न

भ्रष्टाचार मुद्धा चलेपछि स्वत: निलम्बनमा परे सहसचिव र उपसचिव

बैंकका पाँच कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्धा

पतञ्जलीको जग्गा प्रकरण : खरिदारदेखि पूर्व मुख्यसचिवसम्म प्रतिवादी (नामसहित)

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दायर,सांसद पद स्वत निलम्बन

२३ जना नासुको सरुवा : ६ लाई काज,२ को गृहमा इन्ट्री

बिशेष