विद्युत प्राधिकरणलाई लाग्दैन कालोबजारी ऐन ?

२० प्रतिशतभन्दा बढी मुनाफा लिए सिधै कालोबजारी ऐन आकर्षित हुन्छ, त्यसरी नाफा लिनेलाई सीधै कैद सजाय हुने कानुनी व्यवस्था समेत छ । तर दाना पसले, लत्ताकपडा, मेडिकलवाला होइन कि सरकारी एकाधिकारप्राप्त एउटा निकायले खुलेआम कालोबजारी गरिरहेको छ । यस्तोमा सरकार, ऊर्जामन्त्री र कुलमान घिसिङहरूलाई कालोबजारी ऐन लाग्छ कि लाग्दैन ?

बिज्ञापन

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने एकाधिकारप्राप्त सरकारी निकायले ३ प्रतिशतभन्दा बढी मुनाफा लिन पाउँदैन तर विद्युत्् प्राधिकरणको खुद नाफा नै २४ प्रतिशत रहेको देखिन्छ, अघिल्लो आर्थिक वर्षको विवरण केलाउँदा । खुद नाफा २४ प्रतिशत आर्जन गर्नका लागि उसले त्योभन्दा बढी नाफा लिएको हुनुपर्छ । ०७९/८० मा विद्युत् प्राधिकरणको खुद मुनाफा १२ अर्ब थियो । एकातिर दक्षिणी छिमेकी मुलुकलाई वार्षिक अर्बाैंको ऊर्जा बेच्ने विषय छ । त्यसमा पनि घाटाको व्यापार चलिरहेको छ । भारतलाई नेपालले प्रति युनिट ७ रुपैयाँ ७६ पैसामा बिजुली बेचेर उताबाट प्रतियुनिट १० रुपैयाँ ७६ पैसामा किन्दै आएको छ ।

बिज्ञापन

यो भनेको प्रतियुनिट ४ रुपैयाँ घाटाको व्यापार हो । अघिल्लो आर्थिक वर्ष मात्र नेपालले भारतसँग ऊर्जामै ९ अर्ब घाटा व्यहोरेको छ । प्राधिकरणले जति नाफा आर्जन गरेको छ त्यो भनेको नेपालीलाई नै बेचेको फल हो । अघिल्लो आर्थिक वर्ष विद्युत् प्राधिकरणले ९० अर्बको बिजुली नेपालीलाई नै बेचेर कमाएको नाफा हो १२ अर्ब । अघिल्लो आर्थिक वर्ष १ अर्ब ३५ करोड युनिट स्वच्छ बिजुली निर्यात गरी १० अर्ब ४५ करोड बराबरको बिजुली बेच्दा उताबाट १ अर्ब ८३ करोड युनिट (प्रदूषक) बिजुली निर्यात गरिएको अर्थात् १९ अर्ब ४४ करोडको आयात गरिएको छ । अघिल्लो आर्थिक वर्षको विद्युत् व्यापार घाटा ८ अर्ब ९९ करोड थियो । यो आर्थिक वर्षको पुस महिनासम्ममा १५ अर्बको बिजुली भारतलाई बेचिएकोमा अब सुख्खायाममा उताबाट कति बिजुली किनिछ त्यो हेर्न बाँकी छ । भारतलाई १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्ने र हामी धनी बन्ने गफलाई विज्ञहरु सोम शर्माको सपना भन्दै छन् ।

हरि रोक्काहरुको नेपाल वैकल्पिक अध्ययन समाजले गतहप्ता आयोजना गरेको कार्यक्रममा जलविद्युत्मा भारतको औपनिवेशीकरण हुन लागेको कार्यपत्र लिएर प्रस्तुत हुँदै थिए रत्नसंसार श्रेष्ठ । रत्न हरिका गुरु । ९ पृष्ठ लामो कार्यपत्रमा विगतदेखि वर्तमानसम्म भारतले विद्युत् ऊर्जामा कसरी पेलपाल गरिरहेको छ तथ्य र तथ्यांक उल्लेख थियो । कार्यपत्रमाथिको टिप्पणीकार थिए, ऊर्जामन्त्री शक्ति बस्नेत, पूर्वमन्त्री दीपक ज्ञवाली, हरि पण्डित र प्रकाश दुलाल । तर ऊर्जामन्त्री बस्नेत राजनीतिक भाषण दिएर हिँडे । निमन्त्रणा गर्न पुग्दा शक्तिले भनेका थिए, कार्यपत्र त निकै कडा रहेछ नि दाइ ! हरि रोक्का कुलमान घिसिङलाई निम्त्याउन गएका थिए । कार्यपत्र प्रस्तोताको नामै सुनेर उनी आउन चाहेनन् । रत्नले भने कुलमानलाई अनावश्यक रुपमा नेपालीले हिरो बनाएको टिप्पणी गर्दै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

म्यानपावरमा मन्त्रीको पिए आतंक

सरकारी वेबसाइटबाट प्रवक्ता र सूचना अधिकारी वेपत्ता

महिला मन्त्रीबाटै लखेटिए महिला कर्मचारी

प्रधानमन्त्रीले प्रेम राईलाई ‘नत्र राम्रो हुँदैन’ भनेर थर्काएपछि समातिए राहदानी विभागका महानिर्देशक

बिशेष