को बन्दैछ गृह सचिव ?

गृह सचिव एकनारायण अर्याल मुख्य सचिव बनेसँगै चर्चा र चासोको बिषय छ,अबको गृह सचिव को होला ?
अहिले गृह मन्त्रीको जिम्मेवारीमा छन् रमेश लेखक । त्यहाँ जानका लागि पूर्व गृहसचिवसहित पाँच सचिवहरुबीच तिव्र प्रतिष्प्रर्धा शुरु भएको छ ।

बिज्ञापन

काँग्रेस निकटका सचिवहरुबीच प्रतिष्प्रर्धा छ । गृह सचिव बन्ने लाइनबाट रिङ आउट भइसकेका छन् गोकर्णमणि दुवाडी । यस अघि भूमि व्यवस्था मन्त्रालयम रहेका दुवाडीलाई २२ सचिव सरुवा हुँदा उनलाई केन्द्रीय तथ्यांक कार्यालयमा खटाइएको छ । रेमश लेखकसँग सम्बन्ध विग्रिएका कारण उनी गृह सचिव बन्ने लाइनबाट आउट भएको चर्चा छ ।
गृह मन्त्रालयको सचिव बन्ने लाइनमा अर्जुन पोखरेल,दीपक काफ्ले,विनोद सिंह,नारायण शर्मा दुवाडी, कृष्णहरि पुष्कर र दिनेश भट्टराईको चर्चा छ ।

बिज्ञापन

काँग्रेसको मन्त्री भएको कारण सो स्थानमा अर्जुन पोखरेल बन्न सक्ने प्रवल सम्भवना रहेको बताइएको छ । यस अघि बअर्थ सचिव बनिसकेका उनको बूढानिलकण्ठ दरबारसँग राम्रो सम्बन्ध र पहुँच भएका कारण उनलाई गृह सचिव बनाइने चर्चा छ ।

यस्तै शिक्षा मन्त्रालय आइपुगेका सचिव काफ्लेदेखि पूर्व गृह सचिव सिंहको नाम समेत गृह सचिवको रुपमा चर्चामा छ । सिंह पहिल्यै गृह सचिव बनिसकेका हुँदा उनी फेरि दोहोरिने चर्चा पनि छ । यस्तै कृष्णहरि पुष्करको जीवनसाथी आभा सूदुरपश्चिमकै भएका कारण समेत उनको बूढानिलकण्ठसँग सम्बन्ध समुधुर रहेको छ,सोही कारण उनी गृह सचिव बनेको खण्डमा अनौंठौं नमाने हुन्छ भन्ने तर्क गर्नेहरु पनि छन् ।

बिज्ञापन

ज्येष्ठता र बरिष्ठाताका आधारमा तोयानारायण ज्ञवाली २०७६ भदौं २२ गते, रामकृष्ण सुवेदी ०७६ कार्तिक ५, दिनेश भट्टराई ०७६ माघ २० गते सचिवमा बढुवा भएका हुन । दिनेशभन्दा कनिष्ठ हुन अहिलेका मुख्यसचिव एकनारायण अर्याल । तोयनारायणले राजीनामा दिएर हिडिसकेका छन् भने रामकृष्ण माओवादी निकटका हुँदा उनको कुनै सम्भवना छैन,गृहमा आउने । सचिवमध्ये सिनियर रहेका दिनेशलाई पुन गृहमा ल्याउने र एकनारायणलाई मुख्य सचिव बनाउने सहमति भइसकेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष