सामान्यमा सरुवा माग्नेको लर्काे :-खरिदारदेखि उपसचिवसम्मका १ हजार बढीको आवेदन

यस आर्थिक वर्षका लागि एक हजार बढी कर्मचारीले सरुवा माग गरेका छन्। अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेका हुन्।

बिज्ञापन

मन्त्रालयका संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन महाशाखा हेर्दै आएका उपसचिव कमल भट्टराईका अनुसार हालसम्म सरुवाका लागि १ हजार बढी कर्मचारीले आवेदन दिएको जानकारी दिए। यसरी आवेदन पेश गर्नेमा खरिददार तहदेखि उपसचिव तहसम्मका कर्मचारीहरु रहेका छन् ।

बिज्ञापन

मन्त्रालयले १६ साउनमा मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीसँग आवेदन माग गरेको थियो । एक मन्त्रालय, निकाय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, निकाय, विभाग वा कार्यालयमा सरुवा हुन इच्छुकका लागि निवेदन आह्वान गरेकोमा भदौं १३ गतेसम्ममा १ हजारभन्दा बढी कर्मचारीहरुले सरुवा माग्दै मन्त्रालयमा आवेदन पेश गरेका हुन ।

उनीहरुले इमेल तथा कार्यालयमै उपस्थित भएर आवेदन दिएका बताइएको छ ।

बिज्ञापन

मन्त्रालयले कार्यालय सहयोगीदेखि उपसचिव स्तरसम्मका कर्मचारीले यस्तो आवेदन आह्वान गरेको थियो । निजामती सेवा नियमावली, २०५०ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ । त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा अन्तरमन्त्रालय र निकाय सरुवा गर्नुपर्ने हुन्छ ।

नियमावलीअनुसार सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ एक गतेदेखि भदौ मसान्तभित्रमा आफूले गर्ने नियमित सरुवा गर्नुपर्ने गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज एक गतेदेखि असोज १५ गते भित्रमा, क्षेत्रीय (प्रदेश) स्तरका निकायहरूले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र गर्नुपर्ने उल्लेख छ ।

मन्त्रालयले सरुवा आवेदन पेश गरेका कर्मचारीहरुलाई भदौं महिनाभित्रै सरुवा गरिसक्ने जनाएको छ । भदौंभित्र कर्मचारी सरुवा गर्ने भएको हुँदा सरुवाका लागि आवेदन पेश गर्न छुट भएका कर्मचारीहरुलाई आवेदन दिन मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष