नयाँ मुख्यसचिव नियुक्तिको तयारी,प्रधानमन्त्रीको रोजाईमा अर्याल

सरकारले नयाँ मुख्यसचिव नियुक्तिको तयारी थालेको छ । सम्भवत आजै बस्ने क्याविनेटले मुलुकको २७ औं मुख्य सचिव नियुक्ति गर्नेछ । मुख्यसचिव लीलादेवी गड्तौलाको कार्यकाल १४ भदौ अर्थात् भोलि सकिने भएकाले सरकार नयाँ मुख्यसचिवको नियुक्तिको तयारीमा जुटेको हो ।

बिज्ञापन

नेपालको प्रशासनिक इतिहासमा रेकर्ड ब्रेक गरेर पहिलो महिला मुख्य सचिव बन्न सफल लीलादेवी गड्तौला भोलिदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । गत असार ९ गते बैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि मुख्य सचिव पद रिक्त थियो । असार १० गतेदेखी प्रधानमन्त्री कार्यालयको बरिष्ठ सचिवको रुपमा गड्तौताले निमित्त मुख्य सचिवको जिम्मेवारी समाल्दै आएकी थिइन । भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालको ठाउँमा लीलादेवी गड्तौलालाई क्रमशः निमित्त, कामु बनाउँदै महिना दिनका लागि मात्रै भए पनि मुख्यसचिव बनाइएपछि यसबारेको निजामतीमा राम्रै चर्चा सुनिएको हो । लीलादेवी आफूभन्दा दुई वर्षअघि नै सेवा प्रवेश गरेकालाई पन्छाउँदै उनी मुख्यसचिव बनेकी हुन् । यसअघि एउटै ब्याचमा रहेकामध्येबाट कोही अघि, कोही पछि सचिव बनेकाहरू नै मुख्यसचिव बन्दै आएका थिए । तर, इतिहासमै पहिलोपटक ब्याच नै उछिन्ने काम लीलादेवीको नियुक्तिमार्फत भएको भन्ने पनि भेटिएका छन् । वरिष्ठता नै हेर्ने हो भने पनि लीलादेवी ११ औँ नम्बरमा पर्थिन् । त्यसैले अब त्यस्तो नजिर बसेको छ कि सरकारले चाह्यो भने कुनै पनि सचिवलाई टपक्क टिपेर मुख्यसचिव बनाउन सक्छ । यो पद्धति नेपाल प्रहरीमा विश्व पोखरेललाई प्रहरी प्रमुख नबनाउँदा नै लागू भइसकेको छ । मुख्यसचिव कानुनले नै ज्येष्ठता र कार्यक्षमताको आधारमा छान्नुपर्ने किटान गरेको छ । यहाँ ज्येष्ठताभन्दा कार्यक्षमता हावी भएको भन्ने गुनासोसमेत कर्मचारीहरू गर्दैछन् ।

बिज्ञापन

पहिले शंकर कोइराला वरिष्ठ हुँदाहुँदै आठौँ नम्बरमा रहेका लीलामणि पौडेललाई मुख्यसचिव बनाउँदा पनि रोलक्रम मिचिएको चर्चा चलेको थियो । तर, उनीहरू दुवै एकै ब्याचका थिए र बढुवा पनि एकैदिन भएका हुन् । त्यसैले त्यहाँ कसले पहिले पत्र बुझ्यो र कसले पछि भन्ने आधारमा त्यस्तो चर्चा चलाइयो । तथापि, सरकारको त्यस्तो निर्णयप्रति असहमति जनाउँदै शंकर कोइराला, जनकराज जोशीले राजीनामा नै दिएका थिए ।

योग्य, क्षमतावान र उच्च नैतिकवान सचिवलाई मुख्यसचिव बनाउनुपर्ने सामान्य मापदण्ड हो । तर, मुख्यसचिव जस्तो जिम्मेवार व्यक्तिलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनेभन्दा अह्राएको मान्ने मान्छेलाई मुख्यसचिव बनाउने परम्परा बसेको छ । जसले गर्दा सिंगो निजामति प्रशासन पंगु बनेको छ ।
लीलादेवी घर फर्किए पछि उक्त खुर्सीमा को पुग्लान ? मुख्य सचिव हुने रोलक्रममा पाँच जना सचिव दाबेदार देखिएका छन् । ती पाँच सचिवमध्ये प्रधानमन्त्री ओलीको रोजाइका सचिव मुख्यसचिव हुनेछन् । अहिले मुख्यसचिवका लागि सचिव तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी र दिनेश भट्टराई पहिलो लाइनमा छन् । ज्ञवाली राष्ट्रिय योजना आयोग, सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव र भट्टराई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव छन् । यस्तै गृहसचिव एकनारायण अर्याल र दिनेश भट्टराई प्रतिष्पर्धामा छन् । यी पाँच मध्येबाट एक जना मुख्य सचिव हुनेछन् । गृहसचिव एकनारायण अर्याल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल भने दोस्रो ब्याचका हुन् । यी दुई जना ०६७ सालकै फागुनमा सहसचिव भएका हुन् । अर्थात् उनीहरूको बढुवामा ११ महिना फरक परेको थियो ।

बिज्ञापन

यस्तै ज्ञवाली,सुवेदी र भट्टराई एउटा व्याजका हुन । मुख्यसचिवका दाबेदार अर्याल ०२४ सालमा जन्मिएका हुन् । त्यसैले ५८ वर्षे उमेरहदका कारण उनले पूरै कार्यकाल मुख्य सचिव चलाउन पाउने छैनन् । मुख्य सचिवको कार्यकाल तीन बर्षको भए पनि उनी पूरा कार्यकाल मुख्यसचिव बन्न पाउनेछैनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष