मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्य सचिव नियुक्ति गर्ने सरकारको तयारी

मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

बिज्ञापन

आजको बैठक नियमित हो। केपी शर्मा ओली प्रधानमन्त्री भएपछि महिलालाई पनि मुख्य सचिवको जिम्मेवारी दिऔँ भन्ने मनशायले लीलादेवी गड्तौला ३५ दिन मुख्यसचिव चलाएर भोलि घर फर्कदै छिन् ।

बिज्ञापन

१५ भदौं पछि मुख्य सचिव को होलान ? अहिले एमाले र कांग्रेसको सरकार भएकाले एमाले–कांग्रेसनिकट सचिवहरूको दौडधुप चलेको छ । अहिले एमाले र कांग्रेसको सरकार भएकाले एमाले–कांग्रेसनिकट सचिवहरूको दौडधुप चलेको छ । मुख्यसचिव प्रधानमन्त्रीकै विश्वासमा हुने भएका कारण ओलीले जो चाहन्छन्, त्यो नै मुख्यसचिव बन्ने कुरामा दुईमत छैन । एमालेनिकट स्रोतका अनुसार एमाले महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रदीप ज्ञवालीको रोजाइमा तोया नारायण ज्ञवाली छन् । मुख्यसचिवमा ज्ञवालीकै पल्लाभारी भए पनि उनलाई कमाण्ड कमजोर भएको सचिवका रुपमा लिइन्छ ।

ज्ञवालीभन्दा गृहसचिव एकनारायण अर्यालको कमाण्ड बलियो भएको मानिन्छ । एमालेसँग सुरुदेखि नै राम्रो सम्बन्ध भएका अर्याल पनि मुख्य सचिवको दाबेदार हुन् ।त्यसैगरी कतै चाकडी नगर्ने दिनेश भट्टराई पनि मुख्यसचिवको प्रतिष्पर्धामा छन् । यी तीनजना मध्ये एकजना मुख्यसचिव हुने कुरामा दुविधा छैन ।  मुख्य सचिव हुने रोलक्रममा तोया नारायण ज्ञवाली, गृहसचिव एकनारायण अर्याल र दिनेश भट्टराई प्रतिष्पर्धामा छन् । यी तीनजना मध्ये एकजना मुख्यसचिव हुने कुरामा दुविधा छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई ३ महिनासम्म विदेश जान रोक

दीपक भट्टसँग नाम जोडिएका तीन सहसचिव प्रदेश पुगे,अर्काे सहसचिव तानिए मन्त्रालय

सरकारी कागजात,जिन्सी सामाग्री साता दिनभित्रै दाखिला गर्न ६ पूर्व कर्मचारीलाई अल्टिमेटम

उता ‘शून्य फाइल’,यता बढुवा फाइल महिनौंदेखि घर्रामा

खटाएका ठाउँमा गएनन् ७ उपसचिव र ९ शाखा अधिकृत,कारवाही गर्ने मन्त्रालयको तयारी

नियम विपरित प्रयोग भएका चार पाँग्रे सवारीको विवरण खोज्दै प्रधानमन्त्री कार्यालय

प्रमुख प्रशासकीय अधिकृतहरूको ‘यौनकाण्ड’ उजुरीले सामान्य प्रशासन मन्त्रालयमा हलचल

सम्पत्ति शुद्धीकरणका डिजी जिम्मेवारी मुक्त,अन्य तीन सहसचिव प्रदेशतिर

बिशेष