गृहसचिवलाई मध्यराती किन बोलाइयो वालुवाटार ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा गृह सचिव एकनारायण अर्याललाई वालुवाटारमा आमन्त्रण गरेका छन् । विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा प्रसारण भएसँगै चर्चाको बिषय बजेको छ । ३५ वर्षअघि काठमाडौंबाट भागेर गोरखाको चुमभ्यालीमा पुगेका प्रकाश तामाङ भनिने काले मोक्तानको पारिवारिक पुनर्मिलन भएको उक्त सामग्री प्रकाशन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले उनै प्रकाश तामाङलाई नागरिकता दिलाउने बिषयमा पहल गर्ने गृह सचिवलाई मध्यराती वालुवाटारमा डाकेका हुन ।

बिज्ञापन

३५ वर्ष घरबार–ठेगानाविहीन भएका प्रकाशको कथा हेर्ने कथा टिमको सक्रियतामा आफ्नो परिवारलाई भेट्न सफल भएका थिए । ०८१ को दसैँमा घर फर्किएका उनले नागरिकता बनाउने प्रयास गरेका थिए । तर, बसाइँसराइको कागजातको अभावका कारण उनले नागरिकता बनाउन पाएका थिएनन् ।सोही जानकारी पाएसँगै प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता छिटो बनाउने विषयमा गए राति नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर छलफल गरेको हुन । गृहसचिव अर्यालले दुई–चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको बताएका छन् ।

बिज्ञापन

ओलीका अनुसार नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई सरकारले आवश्यक सहयोग गर्ने पनि तयारी गरेको छ ।

यसबारे प्रधानमन्त्रीले ओलीले सामाकजिक सञ्जालमा भनेका छन्,छिटो नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष