नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी झाँक्री पराजित, पदाधिकारीमा को- को ?

नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन्। राईले १८९ मत पाएर विजयी हुँदा पूर्व मन्त्री समेत रहेकी झाँक्रीले भने ११२ मत प्राप्त गरेकी हुन । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको मतगणना सकिएको छ ।

बिज्ञापन

अन्तिम परिणाम अनुसार उपाध्यक्षमा डा गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।

बिज्ञापन

महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

बिज्ञापन

सचिवमा गणेशबहादुर विश्वकर्मा, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुंवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही बिजयी भएका छन् ।

यस अघि वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसहमत भइसकेका छन् । घनेन्द्र बस्नेतलाई उम्मेदवारी फिर्ता लिन सहमत गराएर पाण्डेलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष बनाइएको थियो । एसका १७ पदका निम्ति ६७ जनाको उम्मेदवारी परेको थियो ।

चार जना खुला उपाध्यक्षका निम्ति ११ जनाले उम्मेदवारी दिए । चार उपमहासचिव पदका निम्ति १९ जनाको उम्मेद्वारी पर्यो । दलित र जनजाति तर्फको एक एक सचिवमा तीन,तीन जनाले उम्मेद्वारी दिए । ५ पदको खुला सचिवमा २७ जनाको उम्मेदवारी परेको थियो ।

मतदान हुँदा एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष छरपष्ट भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रम मन्त्रालयको गाडी विवाद:- राजनीतिक उपहार कि प्रशासनिक अपराध ?

कर्मचारीतन्त्र मात्र होइन राजनीतिमा पनि कुलिङ पिरियड राखौं: गोविन्द भट्टराई

राष्ट्रिय किताबखानाले थाल्यो ‘अभिलेख शुद्धीकरण अभियान’

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

बिशेष