मुद्धा एक, आदेश अनेक

उही र उस्तै प्रकृतिको मुद्धा,एउटामा अन्तरिम आदेश,अर्काेमा अन्तरिम आदेश दिन अस्वीकार ।

बिज्ञापन

सर्वाेच्च अदालते एउटै प्रकृतिको मुद्धामा समेत फरक फरक आदेश दिएको छ । गत ६ भदौमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले प्रहरीको ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । प्रहरीमा अन्तरिम आदेश दिएपछि त्यसैलाई टेक्दै सशस्त्रका कर्मचारीहरु पनि सर्वोच्च पुगेका थिए । तर उनीहरुको हकमा भने पद थमौती हुने गरी अन्तरिम आदेश दिएन ।

बिज्ञापन

आगामी १६ गतेदेखि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका नेपाल प्रहरीका २१ अधिकृतले दायर गरेको रिटमा फुयाँलले गत बिहीबार एकपक्षीय सुनुवाईमा अन्तरिम आदेश जारी जारी गरेका थिए । उनले दिएको अन्तरिम आदेशसँगै एक सय भन्दा बढी प्रहरीको जागिर जोगिएको थियो । उक्त आदेशपछि प्रहरीका ९० जना अधिकृतको अवकाश कम्तीमा एक महिनाको लागि रोकिएको छ ।सोही आदेशपछि सोही प्रावधानका कारण सोही मितिदेखि अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका १२ जना अधिकृतले अस्ति सर्वोच्चको ढोका ढक्ढकाएका थिए । न्यायाधीश सुवेदीको आजको इजलासमा परेको उक्त मुद्दामा अन्तरिम आदेशलाई अस्वीकार गरिएको छ । कारण देखाउ आदेशपछि रिट निवेदकहरु आगामी आइतबारदेखि स्वतः अवकाशमा जाने भएका छन् ।

न्यायाधीश हरि फुयाँलको इजलासले गत साता र शारङ्गा सुवेदीको इजलासले आज दिएको आदेशले पीडित पक्ष, राज्य र सर्वसाधारणलाई अलमलमा पारिदिएको छ । सबैभन्दा धेरै अलमल स्वयम् अदालत र श्रीमानहरुमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही अधिकृतले दायर गरेको ३० वर्षे सेवा अवधिसम्बन्धी मुद्दामा भएको फरक आदेशले छर्लङ्ग पारिदिएको छ ।

बिज्ञापन

यता सरकार न्यायाधीश फुयाँलको इजलासले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेटमा जाने तयारीमा छ । सम्भवतः भोलि दायर हुने उक्त निवेदनमाथि तीन दिनभित्र अर्को आदेश भएमा नेपाल प्रहरीका ९० जनाले पनि आइतबारदेखि अवकाश पाउने अवस्था बन्ने छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष