११ उपमहानगरपालिकामध्ये बुटबल अब्बल,जनकपुर कमजोर

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा अनुसार ११ वटा उपमहानगरपालिकामध्ये वुटवल उपमहानगरपालिका अब्बल ठहरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बुटवल उपमहानगरपालिकाले ८७ दशमलव ७५ अंक प्राप्त गरेर अब्बल ठहरिएको हो । आर्थिक बर्ष ७९/ ८० मा उक्त बुटबल अब्बल ठहरिँदा दोश्रोमा हेटौंडा उपमानगरपालिका ८६ दशमलव ५० अंक सहित दोश्रो,घोराही उपमहानगरपालिका ८५ दशमलव २५ अंकसहित तेश्रो बनेको छ ।

बिज्ञापन

शासकीय प्रवन्ध,संगठन तथा प्रशासन,बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन,वित्तिय एव आर्थिक व्यवस्थापन,सेवा प्रवाह,न्यायिक कार्यसम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,विपद् व्यवस्थापन र सहकार्य र समन्वय लगायतका मापदण्डका आधारमा गरिएको मूल्यांकनमा घोराही उपमहानगरपालिका ८५ दशमलव २५ अंकसहित तेश्रो स्थानमा छ । यस्तै ८२ अंकसहित धनगढी उपमहानगरपालिका चौंथो स्थानमा रहेको छ भने कलैया उपमहानगरपालिका ८१ दशमलव ५५ अंकसहित पाँचौ स्थानमा रहेको छ ।
७९ दशमलव २५ अंकसहित इटहरि उपमहानगरपालिका छैंटौं स्थानमा रहँदा ७६ अंकसहित तुल्सीपुर सातौंं स्थानमा रहेको छ । आठौं स्थानमा रहेको धरान उपमहानगरपालिकाले ७० दशमलव ७५ अंक प्राप्त गरेको छ भने नवौं स्थानमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले ६४ दशमलव ६५ अंक प्राप्त गरेको छ । यस्तै दशौं स्थानमा जतिपुर सीमरा उपमहानगरपालिका रहेको छ । उक्त पालिकाले ६४ दशमलव ५० अंक प्राप्त गर्दा उपमहानगरपालिकामध्ये सबैभन्दा कमजोर जनकपुर उपमहानरपालिकाको देखिएको छ । उक्त पालिकाले ५९ दशलमव ५० अंक पाएको छ । महानगरपालिकामा सहसचिवको दुख छैन तर उपमहानगरपालिकाको कन्तबिजोग कस्तो छ भने, अहिले ११ वटा उपमहानगरपालिकामध्ये अधिकांशमा उपसचिव हाकिम छन् ।

बिज्ञापन

उपमहानगरपालिकामात्र होइन महानगरपालिकामा पनि मधेश प्रदेशकै पालिकाको कमजोर प्रस्तुति देखिएको छ । देशभरका ६ महानगरपालिकामध्ये मधेश प्रदेशमा रहेको एक मात्र महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ । मधेश प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाले ५९ दशमलव ५० अंक पाएको छ ।
ललितपुर महानगरपालिकाले ८४ दशमलव ५० अंक प्राप्त गरेर महानगरपालिकामध्ये अब्बल ठहरिएको छ । यस्तै भारतपुर महानगरपालिकाले ८३ दशमलव ८३ अंक प्राप्त गर्दा विराटनगर महानगरपालिकाले ८२ दशमलव ५० अंक,पोखरा महामगरपालिकाले ८० दशमलव ७५ अंक,काठमाडौँ महानगरपालिका ७७ दशमलव ५० अंक र स्वमूल्यांकनमा वीरगन्जले ५९ दशमलव ५० अंक मात्रै पाएर स्वमूल्यांकनमा कमजोर देखिएको छ ।

देशैभरका नगरपालिकाका तर्फबाट नीलकण्ठ नगरपालिका धादिडले ९२ दशमलव ५० अंकसहित प्रथम भएको छ । यस्तै तिलोत्तमा नगरपालिका ९२ अंकसहित देशभरीका नगरपालिकामध्ये दोश्रो र रत्ननगरपालिका ९१ दशमलव ५० अंक्सहित देशभरका नगरपालिकामध्येबाट तेश्रो भएको छ । यस्तै गाउँपालिकातर्फ वेनिघाट रोराङ ८७ दशमलव २५ अंकसहित प्रथम, रुरुक्षेत्र गाउँपालिका ८७ नम्बरसहित दोश्रो र ईन्द्रावती गाउँपालिका ८७ अंकसहित तेश्रो स्थान हासिल गरेका छन् ।
मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच यी पालिकाहरुलाई सम्मान समेत गरिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष