उद्योग विभागका डिजी :- सुपारी र मदिरातिरै बिजी

सात महिना देखि उद्योग वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशकको कुर्सीमा छन्,यज्ञराज कोइराला । बाबुराम गौतमलाई विस्थापित गरेर महानिर्देशकको कुर्सीमा पुगेका कोइरालाले चलखेल गरी व्यापारीलई फाइदा हुने गरी धमाधम निर्णय गर्न थालेका छन् । व्यापारीहरूको स्वार्थमा क्रसर,मदिरादेखि सुपारीसम्मको अनुमति दिएका हुन उनले ।
यस्का पछिल्ला निर्णयहरु पल्टाउने हो भने सुपारी,मदिरा र क्रसर उद्योगीलाई पोस्ने गरी केही अघिमात्र बसेको औद्योगिक तथा लगानी प्रर्वद्धन बोर्डको २४२ औं बैठकका निर्णयहरु पल्टाउँदा हुन्छ ।
जहाँ बोर्डबाट १७ वटा निर्णय हुँदा १४ वटा सुपारी,मदिरा र क्रसर उद्योगीहरुलाई पोस्ने गरी हस्ताक्षर ठोकिएको छ । बोर्डका सदस्य सचिव समेत रहेका कोइरालाले एकै पटक मदिरा,क्रसर,सुपारी अनुमति दिएका हुन । जसमा ३ वटा मदिरा र तीन वटा गुड्का उद्योगलाई पक्षपोषण गर्नेसम्बन्धी रहेका छन् । जहाँ १७ वटा एजेण्डा बोर्डमा पेश भएकामा १४ वटा एजेन्डाहरु सुपारी, मदिरा, खानी, बालुवा प्रशोधन सम्बन्धि रहेको भेटिएको छ । जसमध्ये शुप्रेसन इनोभेसन प्रा लि को खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने,सत्यवती खानी उत्खनन प्रा लिलाई खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने,माँ महाकाली खनिज उद्योग प्रा लिलाई खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने,
त्रिशक्ति होल्डिङ्ग्स प्रा. लिको खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा,सलोनी वासिङ्ग प्लान्ट उद्योग प्रा. लिलाई वालुवा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिने थिए । यस्तै सतीमाई बालुवा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा,दन्तकाली क्वेरिज खानी उत्खनन प्रा. लि खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने,नुरी स्टोन एण्ड स्याण्ड वास प्रा लिलाई वालुवा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिने निर्णयहरु भएका थिए ।

बिज्ञापन

यस्का अलवा बोर्ड बैठकको १२,१३ र १४ नम्बर एजेन्डामा राखिएको मदिरा कम्पनीहरुको पुँजि तथा क्षमता वृद्धि गरेको हो । तीन वटा मदिरा उद्योग देवचुली डिष्टिलरी,धनुषा डिष्टिलरी र गोल्डन ग्लोब लिकर्स प्रालिको पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा । मधु प्रोडक्टस् प्राइभेट फर्म को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने, सर फ्रेग्रेन्सेस प्रा लिको पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने र श्री श्याम उद्योग प्रा लिको पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने भएको छ । उद्योगको क्षमता वृद्धिका लागि १० वटा निवेदन परेकोमा ३ वटा कम्पनी मात्रै छनौट भएका हुन ।

बिज्ञापन

यी उद्योगहरुले क्षमता बढाएर वस्तुको उत्पादन भन्दा पनि सुपारी आयातको कोटा बढाउनका लाग मात्रै अनुमति लिएका उद्योग मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।पछिल्लो समय डिजी कोइराला उद्योगी व्यवसायीका समस्या सामाधानमा भन्दा पनि आफू निकटका उद्योगहरुलाई पोस्ने काममा व्यस्त रहेको कर्मचारीहरु बताउँछन् ।यस विषयमा उनीसँग बारम्बार बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष