राजश्वमा चण्डी,सुमनलाई सम्पत्ति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतका दुई महत्वपूर्ण विभागको महानिर्देशकका रुपमा दुई बरिष्ठ सहसचिवहरुलाई खटाइएको छ । अघिल्लो क्याविनेट बैठकले ५९ जना सहसचिव चलाउँदा माओवादी निकटका सहसचिव चक्रबहादुर बूढा र कमल भट्टराईलाई ती निकायबाट निकालिएपछि रिक्त रहेको विभागमा राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरे र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सुमन दाहाललाई पठाउने निर्णय गरेको हो ।
५९ सहसचिवको सरुवा हुँदा उद्योगबाट चण्डीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा र सामान्य प्रशासनबाट सुमन दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको थियो ।
दाहाल यस अघि भन्सार विभागको महानिर्देशक चलाइसकेका अनुभवी प्रशासक हुन । यस्का अलवा अर्थमन्त्रालयको पनि प्रवक्ता चलाइसकेका उनी कोशी प्रदेश सरकारका अर्थसचिव,राष्ट्रिय योजना आयोग,सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखा समेत चलाइसकेका छन् ।
अर्थ मन्त्रालयमा रहँदा मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी काविल प्रशासकका रुपमा चिनिन्छन् ।

बिज्ञापन

यस्तै राजश्वमा पुगेका घिमिरे राजश्वकै क्याडर हुन् । एमाले निकट उनको १० महिना कार्यकाल बाँकी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष