राजश्वमा चण्डी,सुमनलाई सम्पत्ति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतका दुई महत्वपूर्ण विभागको महानिर्देशकका रुपमा दुई बरिष्ठ सहसचिवहरुलाई खटाइएको छ । अघिल्लो क्याविनेट बैठकले ५९ जना सहसचिव चलाउँदा माओवादी निकटका सहसचिव चक्रबहादुर बूढा र कमल भट्टराईलाई ती निकायबाट निकालिएपछि रिक्त रहेको विभागमा राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरे र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सुमन दाहाललाई पठाउने निर्णय गरेको हो ।
५९ सहसचिवको सरुवा हुँदा उद्योगबाट चण्डीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा र सामान्य प्रशासनबाट सुमन दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको थियो ।
दाहाल यस अघि भन्सार विभागको महानिर्देशक चलाइसकेका अनुभवी प्रशासक हुन । यस्का अलवा अर्थमन्त्रालयको पनि प्रवक्ता चलाइसकेका उनी कोशी प्रदेश सरकारका अर्थसचिव,राष्ट्रिय योजना आयोग,सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखा समेत चलाइसकेका छन् ।
अर्थ मन्त्रालयमा रहँदा मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी काविल प्रशासकका रुपमा चिनिन्छन् ।

बिज्ञापन

यस्तै राजश्वमा पुगेका घिमिरे राजश्वकै क्याडर हुन् । एमाले निकट उनको १० महिना कार्यकाल बाँकी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष