लिसाको नतिजा :-महानगरमा ललितपुर,नगरपालिकामा नीलकण्ठ र गाउँपालिकामध्ये वेनिघाट अब्बल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नतिजा अनुसार  महानगरपालिकातर्फ ललितपुर महानगरपालिका अब्बल साबित भएको छ ।

बिज्ञापन

उक्त महानगरपालिकातले आर्थिक बर्ष ७९/ ८० मा ८४ दशमलव ५० अंक प्राप्त गरेको छ । यस्तै भारतपुर महानगरपालिकाले ८३ दशमलव ८३ अंक प्राप्त गर्दा विराटनगर महानगरपालिकाले ८२ दशमलव ५० अंक,पोखरा महामगरपालिकाले ८० दशमलव ७५ अंक,काठमाडौँ महानगरपालिका ७७ दशमलव ५० अंक र स्वमूल्यांकनमा कमजोर देखिएको वीरगन्जले ५९ लशमलव ५० अंक मात्रै पाएको छ ।

बिज्ञापन

 

यस्तै नगरपालिकाहरु नीलकण्ठ नगरपालिका धादिडले ९२ दशमलव ५० अंकसहित प्रथम भएको छ । यस्तै तिलोत्तमा नगरपालिका ९२ अंकसहित देशभरीका नगरपालिकामध्ये दोश्रो र रत्ननगरपालिका ९१ दशमलव ५० अंक्सहित देशभरका नगरपालिकामध्येबाट तेश्रो भएको छ ।

बिज्ञापन

यस्तै गाउँपालिकातर्फ वेनिघाट रोराङ ८७ दशमलव २५ अंकसहित प्रथम, रुरुक्षेत्र गाउँपालिका ८७ नम्बरसहित दोश्रो र ईन्द्रावती गाउँपालिका ८७ अंकसहित तेश्रो स्थान हासिल गरेका छन् ।
मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच यी पालिकाहरुलाई सम्मान गरिएको थियो ।

शासकीय प्रवन्ध,संगठन तथा प्रशासन,बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन,वित्तिय एव आर्थिक व्यवस्थापन,सेवा प्रवाह,न्यायिक कार्यसम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,विपद् व्यवस्थापन र सहकार्य र समन्वय लगायतका मापदण्डका आधारमा यी पालिकाहरुको मूल्यांकन गरेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती सेवा विद्येयकको मस्यौदाप्रति कर्मचारीको आपत्ति,दफा १,२,२८,१२१,१३५ संशोधनको माग

चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

बिशेष