गृहका दुई दर्जन बढी कर्मचारी सरुवाको तयारी

गृह मन्त्रालयले एकै पटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्दै छ । यस अघि माओवादी सरकार र माओवादीका गृहमन्त्री रहँदा खटिएका प्रमुख जिल्ला अधिकारीहरुलाई फिर्ता बोलाउने र केही रिक्त रहेका जिल्लासहित ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीहरुको हेरफेरको गृहकार्य गृह मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

गृह मन्त्रालयले सहसचिव तहका दरबन्दी रहेका काठमाडौं, ललितपुर,भक्तपुर, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, कैलाली, झापा, मोरङ, सुनसरी, बारा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोकका साथै उपसचिव तहका दरबन्दी रहेको रसुवासहितको जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गर्ने गृहकार्य गरिरहेको छ ।

बिज्ञापन

हालैमात्र सरकारले ५९ सहसचिव सरुवा हुँदा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवामा परे । सिन्धुलीका सिडिओ भरत खनाललाई महावाणिज्यदूत बनाउने तयारी स्वरुप परराष्ट्रमा पठाइएको छ भने सिन्धुपाल्चोकका भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । त्यस्तै, अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकका बनाइएको छ । अस्तिकै लटको सरुवामा राष्ट्रपति कार्यालयका कृष्ण प्रसाद लम्साल, रक्षाका लीला प्रसाद शर्मा, निर्वाचन आयोगका रमेश ढकाल, गण्डकी प्रदेशक ऋषिराम तिवारी, अर्थ मन्त्रालयका डा टोकराज पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरेर पठाइएको छ तर उनीहरुलाई जिम्मेवारी दिइएको छैन ।उनीहरुलाइृ प्रमुख जिल्ला अधिकारीका रुपमा खटाउने गृहकार्य भइरहेको गृह मन्त्रालय कर्मचारी प्रशासन महाशाखा स्रोतले कर्मचारी प्रेस डटकमलाई जानकारी दिएको छ ।

यस्तै गृहले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई जिम्मेवारीबाट हटाउने तयारी गरिरहेको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी बन्न गृहका सदावहार सिडियोका रुपमा चिनिने जयनारायण आचार्यदेखि प्रेमप्रसाद भट्टराई र रामचन्द्र तिवारीहरुको सक्रियता बढाएका छन् । काँग्रेस निकट भएका कारण हालैमात्र उद्योगबाट गृहमा प्रवेश गरेर सुनसरीको प्रमुख जिल्ला अधिकारी बन्न गएका रामचन्द्रको बलियो सम्भवना छ भन्दैछन्,कप्रका कर्मचारीहरु ।
गृह कर्मचारी प्रशासन महाशाखाका अधिकारीहरुका अनुसार ७ देखि ९ महिना अवधि कटेका प्रमुख जिल्ला अधिकारीहरु यो लटमा हेरफेरमा पर्नेछन् । गृहले यो लटमा कम्तिमा दुई दर्जन जिल्लामा सिडिओको सरुवा तयारी गरिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष