१० महिना पछि टिकटकमाथिको प्रतिवन्ध फुकुवा गर्दै सरकार

१० महिना अघि प्रतिबन्ध लागेको सामाजिक सञ्जाल टिकटक विहिबारदेखि खुल्ने भएको छ । प्रचण्ड सरकारले २७ कात्तिक २०८० मा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त टिकटकमाथिको प्रतिवन्ध ओली सरकारले खोल्न लागेको हो ।

बिज्ञापन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन लागेको छ । बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ।आज साँझ पाँच बजे बस्न लागेको मन्त्रिपरिषद्को बैठकमा विगत १० महिनादेखि बन्द भएको सामाजिक सञ्जाल एप टिकटिकमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव पेस हुँदैछ। विहिबारैदेखि टिकटकमाथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको तयारी छ ।

बिज्ञापन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट मन्त्री पृथ्वीसुब्बा गुरुङले सो प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी रहेको बताएका छन् । बिहीबार क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्नेछ।

क्याबिनेट निर्णयपछि मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ। सन् २०१९ को सुरुदेखि टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपहरूको सूचीमा छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष