सुब्बादेखि उपसचिव तहका २९ कर्मचारी विदेशमा पोष्टिङ

परराष्ट्र मन्त्रालयले सुब्बा तहदेखि उपसचिव तहसम्मका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले एकै लटमा २९ जना कर्मचारीको सरुवा गरेको हो । परराष्ट्र सेवाभित्रका कर्मचारीहरुको सरुवा बर्षमा दुई पटक गरिदैं आएको छ । पहिलो साउन र दोश्रो माघ महिनामा । यो लटमा २९ जना कर्मचारीको खटन पटन गरिएको हो ।

बिज्ञापन

मन्त्रालयले नायवसुब्बा,शाखा अधिकृत र उपसचिव सरहका कर्मचारी सरुवा गरेको छ ।

बिज्ञापन

जसमा उपसचिव तहका चार जना ,१२ जना शाखा अधिकृत र १३ जना नायव सुब्बालाई विभिन्न मुलुकस्थित दूतावास र मिसनमा खटाएको छ । नेपाली दूतावास लण्डनमा डिसिएम विपिन दुवाडी, साउदी अरेबियाको जेद्दास्थित महावाणिज्य दूतावासमा मन्त्री आरजू राणाकी निजी सचिव श्रृजना अधिकारी,युएईको दुबईस्थित दूतावासमा रञ्जिता दाहाल र दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित दूतावासमा पासपोर्टका निर्देशक रमेशकुमार चर्मकारलाई खटाइएको छ ।

यस्तै शाखा अधिकृतहरुमध्ये सार्क सचिवालय,काठमाडौंमा प्रतिज्ञा राई र भुवन पौडेल,न्यूयोर्कमा महेश्वरमणि त्रिपाठी,वासिङ्गटन डिसीस्थित नेपाली दूतावासमा जिना अधिकारी,लण्डनमा उद्धव न्यौपाने, जेनेभास्थित नेपाली नियोगमा ऋचा भट्टराई,नयाँ दिल्लीस्थित दूतावासमा उत्तम न्यौपानेलाई खटाइएको छ ।

बिज्ञापन

त्यसैगरी स्पेनमा यज्ञ पौडेल,सिओलमा सुजन लामिछाने, चीनको छन्तुस्थित महावाणिज्य दूतावासमा कोमल बराल, मलेसियाको क्वालालम्पुरस्थित दूतावासमा जेनिम अधिकारी र रियादमा विश्वप्रसाद पनेरुको सरुवा भएको छ ।

मन्त्रालयले नायव सुब्बाहरुमध्ये सोना ठडराईलाई वासिङ्टन डिसी, तुल्सी कोइरालालाई न्यूयोर्क, लण्डनमा वीरकुमार राय र झुपलाल पुनलाई सरुवा गरेको छ । नयाँ दिल्लीस्थित दूतावासमा मनोज सिंह,कलकत्तास्थित महावाणिज्य दूतावासमा सुरेश रेग्मी,क्वालालम्पुर दूतावासमा यशोदा अधिकारी र एकता अवस्थी,कुवेतमा राजेन्द्रप्रसाद जोशी,साउदी अरबको रियादमा दिनेश शिवाकोटी,मस्कोमा केशवकुमार पन्थी,कोलम्बोमा अरेन्द्र महर्जन र पेरिसमा रामबोल आचार्यलाई खटाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष