सुब्बादेखि उपसचिव तहका २९ कर्मचारी विदेशमा पोष्टिङ

परराष्ट्र मन्त्रालयले सुब्बा तहदेखि उपसचिव तहसम्मका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले एकै लटमा २९ जना कर्मचारीको सरुवा गरेको हो । परराष्ट्र सेवाभित्रका कर्मचारीहरुको सरुवा बर्षमा दुई पटक गरिदैं आएको छ । पहिलो साउन र दोश्रो माघ महिनामा । यो लटमा २९ जना कर्मचारीको खटन पटन गरिएको हो ।

बिज्ञापन

मन्त्रालयले नायवसुब्बा,शाखा अधिकृत र उपसचिव सरहका कर्मचारी सरुवा गरेको छ ।

बिज्ञापन

जसमा उपसचिव तहका चार जना ,१२ जना शाखा अधिकृत र १३ जना नायव सुब्बालाई विभिन्न मुलुकस्थित दूतावास र मिसनमा खटाएको छ । नेपाली दूतावास लण्डनमा डिसिएम विपिन दुवाडी, साउदी अरेबियाको जेद्दास्थित महावाणिज्य दूतावासमा मन्त्री आरजू राणाकी निजी सचिव श्रृजना अधिकारी,युएईको दुबईस्थित दूतावासमा रञ्जिता दाहाल र दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित दूतावासमा पासपोर्टका निर्देशक रमेशकुमार चर्मकारलाई खटाइएको छ ।

यस्तै शाखा अधिकृतहरुमध्ये सार्क सचिवालय,काठमाडौंमा प्रतिज्ञा राई र भुवन पौडेल,न्यूयोर्कमा महेश्वरमणि त्रिपाठी,वासिङ्गटन डिसीस्थित नेपाली दूतावासमा जिना अधिकारी,लण्डनमा उद्धव न्यौपाने, जेनेभास्थित नेपाली नियोगमा ऋचा भट्टराई,नयाँ दिल्लीस्थित दूतावासमा उत्तम न्यौपानेलाई खटाइएको छ ।

बिज्ञापन

त्यसैगरी स्पेनमा यज्ञ पौडेल,सिओलमा सुजन लामिछाने, चीनको छन्तुस्थित महावाणिज्य दूतावासमा कोमल बराल, मलेसियाको क्वालालम्पुरस्थित दूतावासमा जेनिम अधिकारी र रियादमा विश्वप्रसाद पनेरुको सरुवा भएको छ ।

मन्त्रालयले नायव सुब्बाहरुमध्ये सोना ठडराईलाई वासिङ्टन डिसी, तुल्सी कोइरालालाई न्यूयोर्क, लण्डनमा वीरकुमार राय र झुपलाल पुनलाई सरुवा गरेको छ । नयाँ दिल्लीस्थित दूतावासमा मनोज सिंह,कलकत्तास्थित महावाणिज्य दूतावासमा सुरेश रेग्मी,क्वालालम्पुर दूतावासमा यशोदा अधिकारी र एकता अवस्थी,कुवेतमा राजेन्द्रप्रसाद जोशी,साउदी अरबको रियादमा दिनेश शिवाकोटी,मस्कोमा केशवकुमार पन्थी,कोलम्बोमा अरेन्द्र महर्जन र पेरिसमा रामबोल आचार्यलाई खटाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष