लोकसेवाको सूचना :- नतिजा सार्वजनिक,योग्यताक्रम सूचीबाट हटाइएको देखि परीक्षा रद्धसम्म

लोकसेवा आयोगले बुधबार विभिन्न सूचनाहरु प्रकाशन गरेको छ । आयोगले बुधबार प्रकाशन गरेको सूचना अनुसार अधिकृत तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ भने केही उमेद्धारलाई योग्यताक्रमको सूचीबाट हटाएको छ यस्तै केही उमेद्धारको परीक्षा रद्ध गरी एक देखि २ बर्षसम्म लोकसेवा परीक्षा दिनबाट रोक लगाएको छ ।

बिज्ञापन

जसअनुसार आयोगले कृषि खाद्य तथा गुण नियन्त्रण समूहको विभिन्न पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले राजपत्राकृत तृतीय तहका खुला,आदीवासी जनजाती र मधेसी गरी तीन जनाका लागि विज्ञापन खोलेकोमा लिखित परीक्षामा सहभागी ८८,वैज्ञानिक अधिकृत १,सहायक संरक्षण अधिकृत १,कम्युटर अपरेटर ६ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित १२८ र कम्युटर अधिकृत र महलिा विकास अधिकृतहरुको लिखित नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

यस्तै आयोगले केही उमेद्धारलाई योग्यताक्रमसूचीबाट हटाएको सूचनामा जनाएको छ । आयोगको विज्ञापन नम्बर १७२२४ ०८० ८१ आ प्र, नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, नवौं तह जनस्वास्थ्य पदको लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताका लागि छनौट भएका रोल नं ८७०१५९ का उम्मेदवार किरण श्रेष्ठको नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २६ बमोजिम तोकिएको न्यूनतम सेवा अवधि पुगेको नदेखिएकोले निजको दरखास्त फाराम, लिखित परीक्षा र अन्तर्वार्ता समेत रद्द गरी नाम योग्यताक्रम सूचीबाट हटाउने गरी मिति २०८१।०४।२८ मा निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

यस्तै आयोगले खेताला लगाएर परीक्षा दिने उमेद्धारलाई उक्त विज्ञापनको लिखित परीक्षा रद्द गरी आयोग सञ्चालन हुने कुनै पनि लिखित परीक्षामा लोक सेवा आयोग ऐन २०७९ को दफा ४१ को उपदफा २ को खण्ड (ख) बमोजिम १(एक) वर्ष सम्म सामेल हुन नपाउने गरी निलम्बन गरेको छ । आयोगले सिफारिस, परीक्षा रद्धजस्ता सूचना पनि प्रकाशित गरेको छ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

बिशेष