राजश्व र सम्पत्ति शुद्धीकरणमा काम,यसरी असुल्छन् दाम

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहेको कार्यालयका उपसचिव र अधिकृतको बदमासीका कारण व्यवसायीहरु हैरान छन् ।
राजश्व अनुसन्धान हुँदा बदनामी कमाएर त्यहाँबाट सरुवा भएर सम्पत्ति शुद्धीकरणमा पुगेका उपसचिव शिव पोखरेलले अहिले व्यवसायीकै हित हुने गरी काम गरिरहेका छन् ।
उनले सम्पत्ति शुद्धीकरणको मुद्धा चलाउनु पर्ने व्यवसायीका फाइल महिनौंसम्म होल्ड गर्ने विगोभन्दा कम मुद्धा चलाएर व्यवसायीको पक्षपोषण गर्ने काम गर्दै आइरहेका छन् ।
विभाग स्रोतका अनुसार इन्साडर ट्रेन्डिङमा मुछिएका गुरु न्यौपानेलाई जसरी मुद्धा चलाइयो त्यही प्रकरणमा मुछिएका एक हाइड्रो सञ्चालकलाई भने उन्मुक्ति दिइदै आएको छ । यो मुद्धा उनै पोखरेलको फाँटमा थियो ।
सम्पत्ति शुद्धीकरणमा अर्बाै भ्रष्टाचारको मुद्धा चलाउनुपर्नेमा उही र उस्तै प्रकारमा मुद्धामा गुरु न्यौपानेलाई मुद्धा चलाइएको र महिनौदेखि अर्काे व्यापारीको मुद्धा होल्ड गरेर राख्नुको पछाडि ती व्यवसायीसँगको लेनदेन प्रमुख कारण भएको विभागले जनाएको छ ।
यता यस्तै अधिकृत छन्,राजश्व अनुसन्धान विभागमा । जागिरे अवधिभर राजश्व,सम्पत्ति शुद्धीकरण घुमिरहेका शिवराज पन्त अहिले राजश्व अनुसन्धान विभागको अनुसन्धान अधिकृतका रुपमा कार्यरत छन् । उनी त्यहाँ अनुगमन गस्ती तथा अनुसन्धान शाखाका अधिकृत हुन । यो शाखाको हाकिम रामकृष्ण श्रेष्ठ छन् । उनी हालैमात्र सो शाखाको निर्देशकको रुपमा कार्यरत छन् ।
पन्तले विभागीय प्रमुख, महानिर्देशकहरुलाई गुमराहमा राखेर विभागीय निर्णय बेगर नै व्यवसायीलाई बोलाउने,तिनका खातापाता मागेर हैरान खेलाउने गरेका छन् । पैसा नदिने वित्तिकै व्यवसायीहरुलाई बोलाउने,छापा हानेर दुख दिने गरेको उजुरी व्यवसायीहरुले अख्तियारसम्मै पुर्याएका छन् ।
कुनै पनि व्यवसायीक फर्ममा छापा हान्नु अघि विभागको पत्र चाहिन्छ । मुचुल्का उठाउनुपर्देछ, त्यहीका सशस्त्र प्रहरी लिएर जानुपर्ने हुन्छ आफूखुसी छापा हान्ने,खाता पाता नियन्त्रणमा लिने र फिरौती माग्ने काम गरिरहेको व्यवसायीहरुको आरोप छ । पवित्र उदेश्य बोकेर स्थापना भएका संस्था यस्तै कर्मचारीका कारण बदनाम हुँदै गएको त्यहीका कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष