राजश्व र सम्पत्ति शुद्धीकरणमा काम,यसरी असुल्छन् दाम

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहेको कार्यालयका उपसचिव र अधिकृतको बदमासीका कारण व्यवसायीहरु हैरान छन् ।
राजश्व अनुसन्धान हुँदा बदनामी कमाएर त्यहाँबाट सरुवा भएर सम्पत्ति शुद्धीकरणमा पुगेका उपसचिव शिव पोखरेलले अहिले व्यवसायीकै हित हुने गरी काम गरिरहेका छन् ।
उनले सम्पत्ति शुद्धीकरणको मुद्धा चलाउनु पर्ने व्यवसायीका फाइल महिनौंसम्म होल्ड गर्ने विगोभन्दा कम मुद्धा चलाएर व्यवसायीको पक्षपोषण गर्ने काम गर्दै आइरहेका छन् ।
विभाग स्रोतका अनुसार इन्साडर ट्रेन्डिङमा मुछिएका गुरु न्यौपानेलाई जसरी मुद्धा चलाइयो त्यही प्रकरणमा मुछिएका एक हाइड्रो सञ्चालकलाई भने उन्मुक्ति दिइदै आएको छ । यो मुद्धा उनै पोखरेलको फाँटमा थियो ।
सम्पत्ति शुद्धीकरणमा अर्बाै भ्रष्टाचारको मुद्धा चलाउनुपर्नेमा उही र उस्तै प्रकारमा मुद्धामा गुरु न्यौपानेलाई मुद्धा चलाइएको र महिनौदेखि अर्काे व्यापारीको मुद्धा होल्ड गरेर राख्नुको पछाडि ती व्यवसायीसँगको लेनदेन प्रमुख कारण भएको विभागले जनाएको छ ।
यता यस्तै अधिकृत छन्,राजश्व अनुसन्धान विभागमा । जागिरे अवधिभर राजश्व,सम्पत्ति शुद्धीकरण घुमिरहेका शिवराज पन्त अहिले राजश्व अनुसन्धान विभागको अनुसन्धान अधिकृतका रुपमा कार्यरत छन् । उनी त्यहाँ अनुगमन गस्ती तथा अनुसन्धान शाखाका अधिकृत हुन । यो शाखाको हाकिम रामकृष्ण श्रेष्ठ छन् । उनी हालैमात्र सो शाखाको निर्देशकको रुपमा कार्यरत छन् ।
पन्तले विभागीय प्रमुख, महानिर्देशकहरुलाई गुमराहमा राखेर विभागीय निर्णय बेगर नै व्यवसायीलाई बोलाउने,तिनका खातापाता मागेर हैरान खेलाउने गरेका छन् । पैसा नदिने वित्तिकै व्यवसायीहरुलाई बोलाउने,छापा हानेर दुख दिने गरेको उजुरी व्यवसायीहरुले अख्तियारसम्मै पुर्याएका छन् ।
कुनै पनि व्यवसायीक फर्ममा छापा हान्नु अघि विभागको पत्र चाहिन्छ । मुचुल्का उठाउनुपर्देछ, त्यहीका सशस्त्र प्रहरी लिएर जानुपर्ने हुन्छ आफूखुसी छापा हान्ने,खाता पाता नियन्त्रणमा लिने र फिरौती माग्ने काम गरिरहेको व्यवसायीहरुको आरोप छ । पवित्र उदेश्य बोकेर स्थापना भएका संस्था यस्तै कर्मचारीका कारण बदनाम हुँदै गएको त्यहीका कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष