राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

काठमाडौं । राष्ट्रिय किताबखानाले सरकारको नयाँ संगठन तथा पद दर्ता सम्बन्धी निर्णय कार्यान्वयनलाई तीव्रता दिएको छ। विशेष टास्क टिममार्फत शुक्रबार (श्रावण १५) सम्म १० मन्त्रालय तथा तिनअन्तर्गतका १२७ निकायको संगठन तथा पद दर्ता सम्पन्न भएको छ।

बिज्ञापन

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असार ३२ गतेको निर्णयअनुसार नयाँ संगठन तथा पद दर्ता गर्ने कार्य अघि बढाइएको हो। सोही निर्णय कार्यान्वयनका क्रममा हालसम्म कुल १३७ निकायबाट संगठन तथा पद दर्ताका लागि फाइल प्राप्त भएकोमा सबै फाइलको दर्ता प्रक्रिया सम्पन्न भएको राष्ट्रिय किताबखानाले जनाएको छ।

बिज्ञापन

किताबखानाका अनुसार हालसम्म विशिष्ट श्रेणीका १० पद, सहसचिव वा सो सरहका ८१ पदसहित कुल ४ हजार ६८२ पद तथा दरबन्दी दर्ता भइसकेको छ।

सरकारले मन्त्रालय तथा मातहतका निकायहरूको संगठन संरचना पुनर्संरचना गर्ने, दरबन्दी व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा प्रशासनिक प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ संगठन तथा पद दर्ताको कार्यलाई प्राथमिकताका साथ अघि बढाएको हो।

बिज्ञापन

राष्ट्रिय किताबखानाले बाँकी मन्त्रालय तथा निकायबाट प्राप्त हुने फाइलहरूको दर्ता प्रक्रिया पनि सोही गतिमा अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष