बिज्ञापन
काठमाडौं । सरकारले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका २३ जना कर्मचारीको सरुवा गरेको छ।
बिज्ञापन
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश सरकारका कार्यालय तथा अन्य सरकारी निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। निर्णयअनुसार शंकरहरि आचार्यलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।
यस्तै, देवराज जोशीलाई अर्थ मन्त्रालय, ध्रुव घिमिरेलाई राष्ट्रिय योजना आयोगको सचिवालय, चिरञ्जीवी पौडेललाई गृह मन्त्रालय, श्रवणकुमार पोखरेललाई गृह मन्त्रालय तथा एमेन्द्र उपाध्यायलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ।
बिज्ञापन
त्यसैगरी विनोद लामिछानेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेश गौतमलाई प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेश, राजेन्द्रदेव पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कालीप्रसाद पराजुलीलाई राष्ट्रिय महिला आयोग तथा तीर्थराज सिलवाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा सरुवा गरिएको छ।
सरकारले सुमन घिमिरेलाई नेपाल ट्रस्टको कार्यालय, आवा श्रेष्ठलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेश, ऋषिराज अर्याललाई लगानी बोर्डको सचिवालय, बलराम ढकाललाई थारु आयोग तथा गोविन्दप्रसाद रिजाललाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा जिम्मेवारी दिएको छ।
यस्तै, रुद्रप्रसाद लामिछानेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, धर्मराज जोशीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश, नारायणप्रसाद सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कृष्णबहादुर शाहीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा प्रद्युम्नप्रसाद उपाध्यायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
निर्णयअनुसार चन्द्रबहादुर शिवाकोटीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सुभाषचन्द्र शिवाकोटीलाई तुलसी उपमहानगरपालिकामा सरुवा गरिएको छ।

























