स्वास्थ्य मन्त्रालय एउटै छानामुनि, सचिव देवकोटाको कार्यकक्ष पनि सर्‍यो

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि विभिन्न स्थानमा छरिएर सञ्चालन हुँदै आएका आफ्ना प्रशासनिक संरचनालाई एउटै भवनमा एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। प्रशासनिक समन्वयलाई चुस्त बनाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयले सचिवालयदेखि विभिन्न महाशाखासम्मलाई एउटै परिसरमा ल्याउन थालेको हो।

बिज्ञापन

यसअन्तर्गत मन्त्रालयका सचिव डा. विकास देवकोटाको कार्यकक्ष पनि स्थानान्तरण गरिएको छ। अब सचिवले भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनबाट नियमित रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्। मन्त्रीको सचिवालय रहेको भवनकै माथिल्लो तलामा सचिवको नयाँ कार्यकक्ष व्यवस्थापन गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

बिज्ञापन

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा रामशाह पथस्थित मन्त्रालयको मुख्य भवन आगलागीबाट पूर्ण रूपमा नष्ट भएपछि मन्त्रालयको प्रशासनिक संरचना विभिन्न स्थानमा विभाजित भएको थियो। त्यसपछि सिंहदरबारभित्र नेपाली सेनाको खाली रहेको जग्गामा प्रिफ्याब क्याबिन निर्माण गरी सचिवसहितका केही महाशाखा त्यहीँबाट सञ्चालन गरिएका थिए। अर्कोतर्फ मन्त्रीको कार्यकक्ष भने भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा राखिएको थियो।

मन्त्री र सचिवालय फरक–फरक स्थानमा सञ्चालन हुँदा दैनिक प्रशासनिक समन्वय, निर्णय प्रक्रिया र सेवाप्रवाहमा व्यावहारिक कठिनाइ देखिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्। यही अवस्थालाई अन्त्य गर्न मन्त्रालयले अहिले आफ्नो प्रशासनिक संरचनालाई क्रमशः एउटै भवनमा स्थानान्तरण गरिरहेको हो।

बिज्ञापन

हाल भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको दोस्रो र तेस्रो तलामा स्वास्थ्य मन्त्रालयका विभिन्न शाखा तथा महाशाखाको व्यवस्थापन भइरहेको छ। सचिवसँग सम्बन्धित कार्यालय, सचिवालय तथा अन्य प्रशासनिक एकाइहरूलाई पनि चरणबद्ध रूपमा सोही भवनमा सार्ने काम जारी रहेको मन्त्रालयले जनाएको छ।

करिब एक वर्षसम्म अस्थायी तथा विभाजित संरचनाबाट सेवा प्रवाह गर्दै आएको मन्त्रालय अब एउटै छानामुनि सञ्चालनमा आएपछि आन्तरिक समन्वय, निर्णय प्रक्रियाको गति र नागरिकलाई प्रदान गरिने सेवा थप व्यवस्थित, छिटो र प्रभावकारी हुने विश्वास मन्त्रालयको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्वास्थ्य मन्त्रालय एउटै छानामुनि, सचिव देवकोटाको कार्यकक्ष पनि सर्‍यो

कुन मन्त्रालयका कति- कति दरबन्दी हुँदैछ कटौती ?

बर्खास्तीमा पर्दैछन् अर्काे अधिकृत

इन्जिनियरविरुद्ध २ करोड २६ लाख अकुत आर्जनको मुद्धा

तलब बढे यताका ११ दिनमा ५ कर्मचारी रंगेहात पक्राउ

अवकाशको मुखमा अतिरिक्तमा

सामान्यका रैथाने उपसचिवलाई किन चिनेन अनलाइन सरुवा प्रणालीले ?

बरिष्ठ सचिवहरुको ‘मौन’ विद्रोह

बिशेष