२४ उपसचिवको सरुवा : ९ लाई प्रमुख प्रशासकीय अधिकृत,५ पुगे मालपोत

भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले मंगलबारको निर्णय अनुसार ती उपसचिवहरुको सरुवा गरेको जनाएको छ ।
सरुवाको सूची अनुसार जीवनराज सेढाईलाई अतिरिक्त समूहमा राखिएको छ भने जिसस काभ्रेबाट शिव प्रसाद होमागाईलाई भूमिसुधार तथा मालपोत कार्यालय,धनुषामा खटाएको छ ।
यस्तै,उर्जा जलश्रोत मन्त्रालयबाट पशुपति महतलाई भूमिसुधार तथा मालपोत कार्यालय सिरहाको प्रमुख,मन्त्रालयबाट दीपक ढकाललाई जिसस काभ्रे,हरिप्रसाद चापागाईलाई संष्कृति पर्यटन मन्त्रालयमा खटाएको छ ।
सूची अनुसार,पर्यटन मन्त्रालयबाट गोकर्ण उपाध्याय लम्कीचुहा नगरपालिकाका प्रप्रअ,पर्यटन मन्त्रालयबाट निर्मला न्यौपानेलाई मनमैजु मालपोतको प्रमुखको जिम्मेवारी दिएको छ ।
सामान्यबाट माधव प्रसाद ढकाललाई लमजुङस्थित वेशीशहर नगरपालिकाको प्रप्रअ,लेखनाथ न्यौपानेलाई गृहमा खटाइएको छ । यस्तै,खैरेहनी नगरपालिकाबाट नेत्र पौडेललाई सञ्चार मन्त्रालय,सम्पत्ति शुद्धीकरणबाट उत्तम घिमिरेलाई पाख्रिवास नगरपालिका,भूमि मन्त्रालयबाट अनुषा कोइरालालाई मेलम्ची नगरपालिका,विवेक घिमिरेलाई भोजपुर नगरपालिका पुर्याइएको छ । यस्तै,पर्यटन मन्त्रालयबाट रमेश पाण्डेय जैमेनी नगरपालिका,सरकारी सेवामा प्रवेश गरेदेखि सिंहदरबार नछाडेका मोहन कुमार घिमिरेलाई सामान्यको जगेडामा राखिएको छ ।
अरुण कुमार राईलाई शिक्षा मन्त्रालय,महेन्द्र विश्वकर्मालाई गृहमा पठाइएको छ । सूची अनुसार,पर्यटन विभागबाट हिमाल गौतमलाई महाराजगञ्ज नगरपालिका पठाइएको छ लम्कीचुहा नगरपालिकाबाट सुष्मा महतालाई नमोवुद्धको प्रमुख प्रशासकीय अधिकृत,युवराज अर्याललाई कलकी मालपोतका प्रमुख,विष्णुकुमारी भुषाललाई सूचना तथा सञ्चार,लिलाधर अवस्थिलाई भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुर,आनन्द ठाकुरलाई सुरुङ्गा नगरपालिका र राजेन्द्र गौतमलाई गृहमा खटाइएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७ मन्त्रालय,तीन निकायका ६२२ दरबन्दी कायम

२४ उपसचिवको सरुवा : ९ लाई प्रमुख प्रशासकीय अधिकृत,५ पुगे मालपोत

आर्या होटलमा मेरो भोगाइ : “म काम सिक्न गएको थिएँ, तर त्यहाँ मैले सम्मानभन्दा बढी अपमान पाएँ”

सकारात्मक सोच र दूरदर्शी नेतृत्वबिना समृद्धि सम्भव छैन

कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

बिशेष