कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्युटर अपरेटर राजीव महत्तोविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । सरुवा भएको बर्षाैसम्म अध्यागमन छाड्न अटेरी गर्दै आएका महत्तोविरुद्ध अख्तियारले बल्ल विशेषमा मुद्धा लगेको हो ।
काठमाडौं बाहिरका जिल्लामा सरुवा भएका भए पनि पटक पटक सरुवा उल्टाएर रमाना नै नदिइ अध्यागमनमा रोकिदै आएका महत्तोविरुद्ध अख्तियारले विशेषमा मुद्धा दायर गरेको हो । अध्यागमनबाट सरुवा भएका उनलाई दरबन्दी रहेकै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा खटाउन खोज्दा समेत दुगर्ममा दरबन्दी राखेर आकर्षक कार्यालयमा कार्यरत रहँदै आएका थिए महतो । ०७८ वैशाख देखि जिल्ला प्रशासन कार्यालय सिन्धपाल्चोकमा दरबन्दी रहेका उनी ०७८ भदौ ११ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा भएको थियो भने २०७८ चैत १४ को निर्णयानुसार पुन काजमा नै अध्यागमन विभागमा कार्यरत थिए । उनै महत्तो अहिले भ्रष्टाचारमा तानिएका छन् । गैरकानूनी रुपमा आवासीय भिसा उपलब्ध गराएको आरोपमा उनीसहित अमेरिकी नागरिक डिज जे रोबिन्सनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

बिज्ञापन

महतोले लक्जेम्बर्गका नागरिक पल क्रिस्चियन पियरे गेडिट्जको नाममा जारी भएको आवासीय भिसासम्बन्धी सम्पूर्ण अभिलेख अमेरिकी नागरिक रोबिन्सनको नाममा एकीकृत गरी उक्त भिसा उपलब्ध गराएका थिए । प्रणालीको दुरुपयोग गरेर अध्यागमनलाई हानिनोक्सानी पुर्याएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुलाई सजाय हुन हिजो दायर मुद्दामा मागदाबी गरेको हो ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सकारात्मक सोच र दूरदर्शी नेतृत्वबिना समृद्धि सम्भव छैन

कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

निजामती प्रशासनको मूल्य संकट : सुशासनको आधार कि असफल राज्यको संकेत?

बिदा सकिए पनि काममा नफर्कने सात इन्जिनियरलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

बिशेष