महानिर्देशकको गैरजिम्मेवारीले यात्रुहरूको दशैंको यात्रा कष्टकर : मुग्लिन–नारायणगढ सडकमा दैनिकी ठप्प

देशको मुख्य जीवनरेखा मानिने मुग्लिन–नारायणगढ सडकखण्ड फेरि पहिरोमा अल्झिएको छ। दशैं नजिकिँदै गर्दा राजधानी छाड्ने यात्रुहरूको चाप दिनदिनै बढिरहेको छ, तर सडक विभाग भने जिम्मेवारी बिर्सिएको अधिकारीहरूको जालोमा फसिरहेको देखिन्छ।

बिज्ञापन

भौतिक मन्त्रालयका कर्मचारीहरू आफैं भन्न थालेका छन् — “जेनजी आन्दोलनपछि राजनीतिक नेतृत्व फेरियो, तर प्रशासनिक नेतृत्व भने उस्तै छ। यही कारणले यात्रुहरूको दुःख झन् बढेको हो।”

बिज्ञापन

 

भौतिक, शहरी तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङलाई कर्मचारीहरूले ‘उर्जा मन्त्री’ भन्दा बढी केही मान्दैनन्। भौतिक र सडक संरचना भन्दा घिसिङले उर्जा क्षेत्रमा मात्रै ध्यान दिइरहेको भन्दै मन्त्रालयभित्रै आलोचना सुरु भएको छ।

बिज्ञापन

 

अघिल्लो मन्त्री देवेन्द्र दाहालले रोजेर ल्याएका सचिव केशव शर्मा विडारी र मन्त्रीको सचिवालयको सिफारिसमै विजय जैसीलाई सडक विभागको महानिर्देशक बनाइएको हो। तर विभागकै कर्मचारीहरूको आरोप छ— “अनुभव नभएका, कार्यालयमै नबसेका व्यक्ति विभागको शीर्षमा पुग्दा परिणाम यस्तै हुन्छ।”

जैसीसँग विभागीय कामको अनुभव छैन। पुलमा विद्यावारिधी गरेका उनी कागजमा मात्र इन्जिनियर देखिएका छन्, व्यवहारमा जिम्मेवारी निर्वाह गर्न असफल भएको मन्त्रालयकै अधिकारीहरू आरोप लगाउँछन्।

तुइनखोलामा खसेको पहिरो पन्छाउन विभागले चारवटा एक्साभेटर, दुईवटा लोडर र ब्याक लोडर परिचालन गरेको जनाएको छ। तर कर्मचारीहरू भन्छन्— “यो विभागसँग भएका क्षमताको आधा मात्रै हो। हेटौंडा वा अन्य कार्यालयबाट थप उपकरण ल्याएको भए बाटो अझै छिट्टै खुल्थ्यो।” थप्दै भने “हेटौंडा वा अन्य कार्यालयबाट थप उपकरण ल्याएको भए बाटो एकै दिनमा खोल्न सकिन्थ्यो।” तर सचिव केशव शर्मा विडारी र महानिर्देशक विजय जैसीले चासो नदेखाएको चर्चा मन्त्रालयभित्रै चर्किएको छ।

तर, न त सचिव विडारीले आदेश दिए, न महानिर्देशक जैसीले चासो देखाए। यात्रुहरू भने घण्टौँसम्म सडकमा थुनिन बाध्य भएका छन्।

कमलानदी पुलमा भएको विवादास्पद हेरफेर र तादी नदी पुलको गडबडीले महानिर्देशक जैसी अझै पनि आलोचनाको घेराबाट बाहिरिन सकेका छैनन्। अब त यात्रुहरूको दुःखले उनलाई झन् ‘गैरजिम्मेवार’ साबित गरिदिएको छ।

दशैंको मुखमा घर फर्किन नपाएका यात्रुहरू भन्छन्—“पुल बनाउँदा खेल, सडकमा ध्यान छैन, अनि हामीले मात्र दुःख भोग्ने ? यस्तो गैरजिम्मेवार नेतृत्वले विभाग चल्दा हामीलाई अझै कति शास्ती खेप्नु पर्ने हो ?”

 यसरी महानिर्देशकको गैरजिम्मेवारी र मन्त्रालयको उदासीनताले गर्दा यात्रुहरू दशैंमा घर जाने बाटोमै अल्झिन बाध्य भएका छन्।

करिब ५४ घण्टा अवरुद्ध भएपछि बिहीबार रातिदेखि मात्र पुनः सञ्चालनमा आएको हो।गत मंगलबार दिउँसो करिब ४ः५५ बजे ठूलो पहिरो खस्दा सडक ठप्प भएको थियो। बुधबार बिहानदेखि मात्र पहिरो हटाउने काम सुरु भए पनि, विभागको सुस्त गतिले यात्रुहरूलाई तीन दिनसम्म अलपत्र पार्‍यो। यसअघि पनि यही क्षेत्रमा शुक्रबार साँझ पहिरो खसेपछि करिब ४५ घण्टासम्म सडक बन्द भएको थियो।

अब यात्रुहरू सीधै प्रश्न गरिरहेका छन्—“बारम्बार सडक बन्द हुँदा विभाग किन निष्क्रिय हुन्छ ? यस्तो नेतृत्वले अझ कति समय यात्रुलाई शास्ती दिन्छ ?”

कमला पुल डुबाउनेहरू :- पूर्व–हालका महानिर्देशक अख्तियारको निशानामा

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष