कमला पुल डुबाउनेहरू :- पूर्व–हालका महानिर्देशक अख्तियारको निशानामा

जनताको करको पैसा र जीवनपद्धतिसँग सरोकार राख्ने ठूला संरचनात्मक योजना भ्रष्टाचारको दलदलमा डुब्दा जनताले झन् पीडा भोगिरहेका छन्। सिरहा–धनुषा जोड्ने कमला नदी पुल यही भ्रष्टाचारको प्रत्यक्ष शिकार बनेको छ। पुल बन्नै नपाउँदै भत्कियो, करोडौं जनता जोखिममा परे, तर फाइदा ठेकेदार र कर्मचारीको मिलेमतोले खस्यो।

बिज्ञापन

पुल निर्माणमा ३५ मिटर गहिराइको पाइल डिजाइन गर्नुपर्नेमा ठेकेदारसँगको साँठगाँठमा १४ मिटरमै सीमित पारियो। सस्तो, छरितो तर घातक डिजाइन स्वीकृत गर्ने खेलमा तत्कालीन हुलाकी आयोजनाका निर्देशक, पुल महाशाखाका प्रमुखदेखि महानिर्देशकसम्म संलग्न भएको प्रमाण अख्तियारको प्रारम्भिक अनुसन्धानमै पुष्टि भइसकेको छ। यसरी नेपालका ठूला परियोजना कागजमै बलिया, मैदानमा कमसल बन्ने गरेका छन्।

बिज्ञापन

महानिर्देशकदेखि डिभिजन इन्जिनियरसम्म फन्दामा

अख्तियारको निगरानी सूचीमा अहिले दुई ठूला नाम छन् – तत्कालीन महानिर्देशक दिनघर शर्मा र हाल विभागका महानिर्देशक डा. विजय जैसी। पुल भासिँदा निरीक्षण गर्ने होइन, आफैं डिजाइन मिलाउने खेलमा संलग्न भएको आरोप उनीहरूलाई लागेको छ। उनीहरूसहित गुरु प्रसाद ढकाल, उमेशानन्द मिश्र, कृत्यानन्द ठाकुर, राजेन्द्र दास, कमल शाह, रमेशकुमार सिंह, नवनारायण झा लगायत २२ जनाको बयान अख्तियारले लिइसकेको छ।

पप्पु–लुम्बिनी जेभीको कमसल काम, जनताको जीवनसँग खेलवाड

२०६८ मा २८ करोड १५ लाखमा सम्झौता भएको पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण म्याद थप्दा पनि बनेन। अन्ततः उद्घाटनको तयारीमै सामान्य बाढीले पुलको पाया भासिँदा दुई जिल्लाको यातायातमै संकट आयो। पुल मात्र होइन, नदी किनारमा गरिएको रिभर ट्रेनिङसमेत कमसल हुँदा बाढीले बगायो।

बिज्ञापन

जब्दीघाटमा भत्केको पुल, कमलामा दोहोरिएको इतिहास

२०७४ मा बर्दियाको जब्दीघाट पुल पनि उद्घाटन हुन नपाई भत्किएको थियो। पप्पु कन्स्ट्रक्सनले बनाएको त्यो पुल १६ करोडको लागतमा भत्किँदा अख्तियारले सांसदसहित १२ जनामाथि मुद्दा दायर गरेको थियो। तर त्यसबाट न त ठेकेदारले पाठ सिके, न त कर्मचारीले जिम्मेवारी बोध गरे। कमला पुलमा पनि त्यही भ्रष्टाचारको पुनरावृत्ति भयो।

अख्तियार स्रोतको कटाक्ष

“यो कुनै सामान्य प्राविधिक कमजोरी होइन, नियोजित भ्रष्टाचार हो। इन्जिनियर र ठेकेदारको मिलेमतोमा पुल भासिएको हो। जनताले कर तिरेर पुल खोजेका हुन्, तर इन्जिनियरहरूले आफ्नो भाग बटुले, ठेकेदारले फाइदा उठायो, अनि पुल जनताको टाउकोमा भत्कियो,” अख्तियार स्रोतले कडा टिप्पणी गर्यो।

कमला नदी पुल प्रकरण अहिले अख्तियारको निगरानीमा पुगेको छ। सडक विभागका पूर्व र हाल कार्यरत महानिर्देशकसमेत यसमा तानिएका छन्। पाइल डिजाइनको हेरफेरदेखि भ्रष्टाचारसम्मको आरोपसँगै यो पुलको विषय थप विवादास्पद बनेको छ।

यसैबीच, विभागका महानिर्देशक डाक्टर विजय जैसीले आफू केवल इन्जिनियर भएको र यस प्रकरणमा आफ्नो ठूलो भूमिका नरहेको दाबी गरेका छन्। उनका अनुसार पुल सम्पन्न गर्नका लागि अख्तियारले समेत निर्देशन जारी गरेको छ र चैत महिनासम्ममा निर्माण सम्पन्न हुने बताएका छन्।

जैसीले पुल भत्किनुलाई सामान्य घटना ठहर गर्दै भने, “नेपालमा मात्र होइन, विदेशमा पनि यस्ता पुलहरू भत्किने गरेको छ।”

कमला नदी पुल : फाइल अख्तियारमा, कसलाई तान्छ अनुसन्धानको डोरी?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष