एक महिनापछि खुल्यो अरनिको राजमार्ग

एक महिनादेखि पूर्णरूपमा अवरुद्ध बनेको बाह्रबिसे–कोदारी सडकखण्ड आइतबारबाट सञ्चालन योग्य ट्र्याक खुलेको छ। पाँच स्थानमा खसेका पहिरो पन्छाएसँगै चीनसँग जोडिएको नेपालकै महत्वपूर्ण नाका तातोपानीसम्मको बाटो अब पुनः खुल्ने सम्भावना बनेको हो।

बिज्ञापन

 

बिज्ञापन

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार अहिले सबै पहिरो हटाइसकिएको छ। सोमबारबाट ग्राभेल सुरु हुने र त्यसपछि मात्र सवारी साधन सञ्चालनमा ल्याइने उनले जानकारी दिए।

 

बिज्ञापन

भण्डारीका अनुसार डाक्लाङ क्षेत्रमा तीन, घट्टेखोलामा एक र कोदारी खण्डमा एक गरी जम्मा पाँच ठाउँमा पहिरो खसेको थियो। यी पहिरो हटाउन कार्यालयले तीन एस्काभेटर, तीन लोडर, १३ टिपर र ४० जना मजदुरसहितको ठूलो जनशक्ति परिचालन गरेको थियो। इलेक्ट्रो हाइड्रोले समेत सहयोग गरेको उनले बताए।

 

यसअघि सडक डिभिजनले बीच–बीचमा बाटो खुलाउने प्रयास गरे पनि पानी पर्नासाथ लेदो–ढुंगा मिश्रित पहिरो झर्ने क्रम रोकिएन। भदौ ८ गतेदेखि बाटो पूर्णरूपमा बन्द हुँदा स्थानीय बासिन्दासँगै चीन–नेपाल व्यापारसमेत प्रभावित भएको थियो।

 

स्थानीयहरूले दीर्घकालीन समाधानबिना पहिरो पन्छाउने काम नगर्न चेतावनी दिएपछि केही समय काम रोकिएको थियो। करिब दुई सय घरधुरी माथिको पहिरोका कारण जोखिममा परेका थिए।

 

यस्तै, अन्तरिम चुनावी सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले सरोकारवालासँग बैठक गरी कामलाई तीव्र बनाउन निर्देशन दिएका थिए। असोज ३ गते तातोपानी भन्सारमा बसेको सर्वपक्षीय बैठकमा स्थानीयको माग सम्बोधन गर्ने र भविष्यमा दीर्घकालीन समाधानका लागि ठेक्का प्रक्रियामा जाने सहमति भएको थियो।

 

सो सहमति अनुसार चरिकोट सडक डिभिजनले सात दिनभित्र ट्र्याक खोल्ने लक्ष्यसहित काम अघि बढाएको हो। अब ग्राभेल सकिएलगत्तै सवारी सञ्चालन सुरु हुने बताइएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

बिशेष