ठूला मुद्धाका फाइल छानी छानी खरानी

रवि लामिछानेको १३ नम्बर फाँटमा, बालकृष्ण खाँण र दुर्गा प्रसाईंको ९ नम्बरमा, इच्छाराज तामाङको ६ नम्बर फाँटमा अनि सहकारीसम्बन्धी ठूला मुद्दाहरूको फाइल ५ नम्बर फाँटमा थिए । तर काठमाडौं जिल्ला अदालतको यी महत्वपूर्ण फाइल राखिएका फाँटहरू नियोजित रूपमा ध्वस्त पारिएको छ । भन्नलाई जेनजी भनिए पनि घुसपैठ गरेर हरेक स्वार्थ समूहले छानीछानी संरचना जलाउने, तोडफोड गर्ने र प्रमाण नष्ट पारेर उम्किने दाउ हेरेको पाइएको छ ।

बिज्ञापन

‘यो त प्रिप्लान र भेस्टेड इन्ट्रेस्ट हो । सबै फाइल खरानी बनाएपछि अब मुद्दामा के हुन्छ भन्न सकिँदैन, ’ स्रोतले भन्यो, ‘वकिलहरूसँग भएको प्रतिलिपिबाट रेकर्ड रिकभर गराउने एउटा प्रयास होला तर उनीहरुले सहयोग नगरे कठिन पर्न सक्छ ।’ फाइल जलेको बहानामा वकिलले पनि ठूलै बार्गेनिङ गर्न सक्छन् ।

बिज्ञापन

रवि, खाँण, प्रसाईं र तामाङका मुद्दा चरम विवादित मुद्दा हुन् । नागरिकको अर्बौं रूपैयाँ ठगीदेखि राज्य र नागरिकविरुद्ध गम्भीर षडयन्त्र जोडिएका मुद्दालाई नै कमजोर बनाउने प्रयत्नस्वरूप अदालतमा छानीछानी आगजनी गरिएको स्रोत बताउँछ । एउटा रमाइलो कुरा के छ भने सर्वोच्च अदालतमा आगजनी गर्दा छेउकै पुरातत्व विभाग भने सग्लो देखिएको छ । स्रोत भन्छ, ‘आन्दोलन हुन्छ तर यसरी ताकीताकी प्रमाण मेटाएको चाहिँ कसको लागि र किन हो रु’ यो प्रश्न गम्भीर बनेको छ ।

काठमाडौंका जिल्ला र विशेष अदालत पनि हानिएको छ । तथ्य, प्रमाण र महत्वपूर्ण कागजात संग्रह गरिएका कम्प्युटर चोरिएको छ । क्षति भयो भनेर डाटा निकाल्न पनि सकिएको छैन । अझै आगलागीको जोखिमले कर्मचारीहरू जान डराएका छन् । तीन–चार दिनसम्म पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थिएन ।

बिज्ञापन

जानेकै मान्छेले महत्वपूर्ण फाँटहरू छानीछानी जलाएको हुनुपर्ने स्रोत बताउँछ । ‘जान्ने कर्मचारी वा वकिलले पनि देखाइदिएको हुन सक्छ, सबै मिलेका छन्,’ स्रोत भन्छ, ‘नत्र महत्वपूर्ण कागजात कहाँ छ भन्ने कुरा भीडलाई कसरी थाहा हुन्छ ?’ तहसिल शाखामा भएको सुनसमेत लुटिएको छ । अदालतमा सुन पनि हुन्छ भनेर धेरैलाई थाहा हुँदैन तर भएजति सुन लगे, महँगा सामानहरू केही पनि बाँकी छैनन् ।

मुद्दा प्रभावित हुने भयो, यसबाट पुर्पक्षका लागि जेल परेका निर्दोषहरू कसरी छुट्ने रु यसको आधार अब के हुन्छ ? काठमाडौंमा मात्रै ४० हजार मुद्दाको मिसिल जलाइएका छन् । कतिपयले वकिलमार्फत सर्वोच्चको यति नम्बर फाँटमा यो मुद्दाको फाइल छ, जति पैसा खर्च गर्नुपरे पनि गर्छु, जलाइदिनुपर्‍यो भनेको समेत रिपोर्ट छ । यसले पनि धेरै कुरा प्रष्ट्याउँछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

बिशेष