डिभिजन इन्जिनियर रिमालले किन दिए राजीनामा ?

३७ वर्षभन्दा लामो समयसम्म सरकारी सेवामा बिताएका डिभिजन इन्जिनियर अमृतमणि रिमालले राजीनामा दिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामाबारे जानकारी गराएका हुन्।

बिज्ञापन

रिमालले केही दिनअघि फेसबुकमै सरुवासम्बन्धी विषयमा प्रश्न उठाएका थिए। तर यसपटक उनले राजीनामा दिनुको स्पष्ट कारण भने खुलाएका छैनन्।

बिज्ञापन

उनले लेखेका छन्, “मिति २०४५/०२/२२ गते तात्कालीन ओभरसियर पदमा निजामती सेवामा प्रवेश गरेर मिति २०८२/०५/२२ गते सिनियर डिभिजनल इन्जिनियर (रा.प. द्वितीय) पदबाट दिएको राजीनामा स्वीकृतिको चरणमा।”

रिमालको करिब चार दशक लामो सेवा यात्रामा उनले विभिन्न जिल्ला सिचाइ कार्यालय, सडक डिभिजन कार्यालय, सडक विस्तार आयोजना, भौतिक–पर्यावरण तथा सामाजिक शाखा लगायतका महत्त्वपूर्ण कार्यालय र आयोजनामा काम गरेका छन्।

बिज्ञापन

सुरुमा ओभरसियर पदमा रहँदा उनले जिल्ला सिचाइ कार्यालय पर्वत, अछाम, धुलिखेल लगायतमा काम गरे। इन्जिनियर पदमा पुगेर विराटनगर, ललितपुर र काठमाडौं उपत्यकासहित ताप्लेजुङको ओलाङचुङगोला सडक योजना लगायतका आयोजनामा योगदान गरे। पछिल्लो चरणमा सिनियर डिभिजनल इन्जिनियरको हैसियतमा अछाम, गोरखा, ललितपुर, नुवाकोट तथा नागढुङ्गा–मुग्लिङ सडक योजनामा सेवा गरेका थिए।

राजीनामाको घोषणा गर्दै उनले लेखेका छन्, “यत्रो लामो समय बितेको पत्तै भएन। यस अवधिमा मलाई सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरूमा हार्दिक नमन। आवश्यक पर्दा कुनै सेवा–सुविधा बिना पनि जहाँसुकै सेवा गर्न तयार छु। सबैको जय होस्।”

रिमालको राजीनामापछि सहकर्मी र सरोकारवालाबीच मिश्रित प्रतिक्रिया देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डिभिजन इन्जिनियर रिमालले किन दिए राजीनामा ?

BAT २६ समूहले नेपाल प्रहरीलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग

निर्जीवन बीमा कम्पनीमा पर्यो २० अर्ब ७० करोड दाबी

कान्छा सीईओले बर्ष दिन अगावै किन दिए राजीनामा ?

त्रिपालमुनि सर्वाेच्चका दुइ अस्थायी इजलाश

संसद भवन खरानी भएको नवौं दिनपछि अनुगमनमा निस्किए सभामुख

पूर्वमन्त्रीदेखि पार्टीको प्रवक्तासम्मले छाडे सीके राउतको साथ

जेनजेड युवा क्रान्ति र राजनीतिक, आर्थिक, प्रशासनिक सुधारको अवसर

बिशेष