भ्रष्टाचारको खेल! १ करोड ३७ लाखको आयोजना, पानी अझै सपना

गोसाइँकुण्ड गाउँपालिका, स्याफ्रुबेंसीले नागुङ–धुन्चे खानेपानी आयोजनालाई करिब १ करोड ३७ लाख रुपैयाँमा ठेक्का दिने निर्णय गरेपछि सामाजिक सञ्जालमा आक्रोशको लहर फैलिएको छ।

बिज्ञापन

 

बिज्ञापन

गाउँपालिकाले पाल्विश कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि., धादिङलाई रु. १३,७३१,५९७.९७ (अक्षरेपी एक करोड सैतीस लाख एकतीस हजार पाँच सय सन्तानब्बे रुपैयाँ छयानब्बे पैसा) मा ठेक्का स्वीकृत गरेको सूचना सार्वजनिक गरेको हो। कम्पनीलाई १५ दिनभित्र सम्झौता गर्न र ६ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको कार्यसम्पादन सुरक्षा पेश गर्न भनिएको छ।

 

बिज्ञापन

तर, आयोजना स्वीकृत भएको केही दिनमै यो प्रक्रिया नै शंकास्पद भएको भन्दै भ्रष्टाचार र कमीशनको खेलमा जनताको पैसामाथि डकैती भएको आरोप लाग्न थालेको छ।

 

सामाजिक सञ्जाल प्रयोगकर्ताले कटाक्ष गर्दै लेखेका छन्: “रु. १३७३१५९७.९७ को नागुङ–धुन्चे खानेपानी आयोजना को पानी आखिर कसले पिइरहेको छ? हाजिर गरौँ, अब नगरे कहिले गर्ने? हामीले नगरे कस्ले गर्ने??”

 

अर्का प्रयोगकर्ताले लेखेका छन्: “युवा शक्ति सरकार ढाल्न सक्छ भने एउटै आवाजले भ्रस्टाचार अन्त्य गर्न सकिन्छ। जय धुङ्लाङ!”

 

जनताले आवश्यक खानेपानी नपाई ठेकदार र अधिकारीबीच भागबण्डाको खेल खेलिएको भन्दै योजनाको औचित्यमाथि गम्भीर प्रश्न उठाएका छन्। स्थानीय बासिन्दाले समेत आयोजनाको नाममा बजेट तोकिने तर काम भने देख्नै नसकिने पुराना उदाहरण सम्झिँदै यस पटक पनि जनताको पैसामा ठगी हुने आशंका प्रकट गरेका छन्।

 

गाउँपालिकाले भने प्रक्रिया पारदर्शी भएको दाबी गर्दै बोलपत्र नियमअनुसार ठेक्का स्वीकृत गरिएको जनाएको छ। तर, नागरिकले भने –“पारदर्शिता भन्दै औपचारिकता पूरा गर्ने, तर जमिनमा पानी नआउने यस्ता आयोजना अब जनताले स्वीकार गर्दैनन्।”“स्थानीय तहले वर्षौँदेखि बजेट निकालेको दाबी गर्छ, तर अझैसम्म खानेपानी योजनाको प्रगति शून्य छ। बजेट निकालेर सकिसक्यो तर पानीको अत्तोपत्तो छैन।”“योजनाको बजेट सकिएको भए पनि जनतालाई सुविधा पुगेको छैन। बजेट निकालेर सकिसक्यो तर पानीको अत्तोपत्तो छैन।”

यो पनि पढ्नुहोस्।

गोसाइकुण्डमा कैसाङको कमाल :- बर्ष दिनमै १ करोड ५९ लाख अनियमित खर्च

गोसाइकुण्ड पालिकामा पाइलैपिच्छे भ्रष्टाचार : बाहिरियो अर्काे १ करोड २० लाख हिनामिनाको प्रमाण

राजश्वमारा कर्मचारीलाई जोगाउन एमाले नेताहरुको दौडधूप

कीर्ते प्रकरणमा वडा सचिव दोषी ठहर,एक बर्ष कैद र पचास हजार जरिवाना

हाइड्रोबाट ८७ लाख झारेपछि जनप्रतिनिधिलाई हाइसञ्चो

एम्बुलेन्स किन्न हाइड्रोबाट पालिकाले लियो ८७ लाख,खर्च गर्न नसकेर विल्लीबाठ

दलाई लामाको दैलोमा गोसाइँकुण्डका अध्यक्ष

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गाउँपालिकामा आफ्नै कर्मचारीले लगाए आगो

भ्रष्टाचारको खेल! १ करोड ३७ लाखको आयोजना, पानी अझै सपना

संघीय निजामतीसहितका ३० विद्येयक निस्क्रिय

भोलि मन्त्रिपरिषद्‌ विस्तार,भोटिङ प्रक्रियाबाटै छनोट गरिँदै मन्त्रीहरु

प्रधानमन्त्री कार्कीले भोलिमात्र पदभार ग्रहण गर्ने

सडकबाट हट्यो सेना,निषेधाज्ञाबारे छलफलमा जुटे सिडियो

शिक्षा मन्त्रालयलाई केशरमहल सार्ने तयारी,गृह सर्ने भयो पूरानो सामान्य प्रशासनको भवनमा

संसद विघटन असंवैधानिक छ स् नेपाल बार  

बिशेष