स्वार्थ समूहको जोडबलमा नेपाल टेलिकमको प्रवन्ध निर्देशक भएका सुनिल पौडेल भ्रष्टाचार मुद्धा लागेर डिल्लीबजार कारागारमा छन् । सोही पछि टेलिकमको नेतृत्वमा संगीता पहाडी पुगेसँगै नेपाल टेलिकमको नाफा समेत दिन प्रति दिन ओरालो लागिरहेको छ । नेपाल टेलिकम आफैंले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार, टेलिकमको नाफा खस्किरहेको छ ।
बिज्ञापन
पछिल्लो समय संगीता पहाडीलाई नेपाल टेलिकमको प्रवन्ध निर्देशक बनाइए यताका ६ महिनाको अवधिमा नाफामा ह्वात्तै गिरावट आएको छ । गत माघ मसान्तसम्मको वित्तिय विवरण केलाउँदा टेलिकमले सो अवधिमा २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ जबकी गत वर्ष सोहि अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । गत बर्षको आम्दानीको तुलनामा यो ६ महिनामा नेपाल टेलिकमको आम्दानी ३३ प्रतिशतले घटेको हो । यस्तै कम्पनीको वित्तीय आम्दानी पनि ३ अर्ब ६१ करोडबाट घटेर २ अर्ब ३० करोड रुपैयाँमा झरेको छ । कम्पनीको वित्तीय आम्दानी ३६ प्रतिशतले घटेको छ तर नेपाल टेलिकमको अध्यक्षको भूमिका रहेकी सञ्चार सचिव राधिका अर्याललाई टेलिकम सुधार्न भन्दा पनि विदेश घुम्नतिर ध्यान केन्द्रित रहेको भन्दै आलोचना हुन थालेको छ ।
बिज्ञापन
उपराष्ट्रपति कार्यालयबाट गत साउनमा सञ्चारमा भित्रिएकी अर्याल पछिल्लो गतिविधिका कारण विवादमा तानिएकी हुन । सञ्चार मन्त्रालयको इतिहासमा पहिलो सचिव महिला बनेकी उनी त्यस यता विभिन्न मुलुकमा वैदेशिक भ्रमणमा पुगेर फर्किसकेकी छिन् । सोहीमध्ये उनको पछिल्लो भ्रमण विवादमा परेको हो ।
स्पेनको वार्सिलोनामा फागुन १९ देखि २२ गतेसम्म भएको मोबाइल वर्ल्ड कंग्रेसमा सहभागी हुन सञ्चार सचिव अर्यालसहितको सरकारी टोली गएको थियो । सो बैठकमा मन्त्री पृथ्वी सुव्वा गुरुङलाई आमन्त्रण गरिएको थियो तर उनी उक्त भ्रमणमा गएनन् । सरकारको प्रतिनिधित्व गर्दै वार्सिलोना गएकी थिइन सञ्चार सचिव राधिका अर्याल । उक्त टोलीमा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा, सञ्चार मन्त्रालयका प्रशासन सहसचिव कोशहरि निरौला, उपसचिव सुरत पोखरेल, कृष्णप्रसाद शर्मा, सञ्चार मन्त्रीका सञ्चार विज्ञ शालिकराम पराजुली, नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु अमर स्थापित, विजय रोय, प्राधिकरण संचालक समिति सदस्य गोकर्ण सिटौलासहित नेपाल टेलिकमका कर्मचारी डिल्लीराम अधिकारीहरु सहभागी रहेको थियो तर नेपाली प्रतिनिधिमण्डल मुख्य कार्यक्रममै नबसी सपिङमा मस्त रहेको भन्ने गुनासो अहिले सञ्चार मन्त्रालयमा चुलिएको छ ।
बिज्ञापन
मन्त्रालय स्रोतका अनुसार,सचिव अर्यालसहितका टोलीहरु नेपाल टेलिकमको खर्चमा बर्सिलोना पुगेका हुन । अर्याल नेपाल टेलिकमको बोर्ड अध्यक्ष हुन भने धनीराम शर्मा वोर्ड सदस्यको भूमिकामा छन् । एकातिर नाफा खुम्चदो छ,अन्य मुलुकमा फाइभ जी भित्रदा नेपाल टेलिकमले अझै फाइफ जी भित्र्याउन सकेको छैन । पछिल्लो समय नेपाल टेलिकमका हरेक निर्णयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल हावी हुँदै आएको नेपाल टेलिकम स्रोतको दावा छ । नेपाल टेलिकमको ठेक्कापट्टादेखि अनेकन विवादहरु छन् । यस्का अलवा फोरजीको भुक्तानीको लफडामा समेत मुछिएको छ टेलिकम । हुवावेको भुक्तानीका बिषयमा समेत टेलिकम विवादमा मुछिदै आएको छ ।
यसरी संस्थागत सुशासन कमजोर हुँदै गएको गुनासो एकातिर छ, अर्काेतिर नेपाल टेलिकमको अध्यक्षको जिम्मेवारीमा रहेकी अर्याल टेलिकमकै पैसामा विदेश शयर गर्ने थालेपछि कसरी हुन्छ संस्थागत सुधार र सुशासन ? जसको दाना पानी खायो,उसले कुनै बदमासी गर्दा कारवाहीको डण्डा बर्साउन सक्छन्,अध्यक्षले ? नेपाल टेलिकमकै एक कर्मचारीको प्रश्न हो यो ।