अधिकृतको खण्डन :-चरित्रहत्या भयो,तस्विर हटाइदिनु

कर्मचारीप्रेस डटकमले गत १६ साउनमा प्रकाशन गरेको अधिकृतको अनेकन चर्तिकला शीर्षकको समाचारमा अधिकृत रामप्रसाद जोशीले आपत्ति जनाउँदै निकामक निकाय प्रेस काउन्सिलमा पुगेका छन् । उनले न्यायीक निकायबाट निरुपण भइसकेको बिषयलाई कोट्याएर समाचार प्रकाशन गरिएको,आफ्नो लोकसेवा तयारी पुस्तकको अनाधिकृत प्रयोग भएको,आफ्नो तस्विरलाई व्लर गरि समाचार प्रकाशन गरिँदा आफ्नो चरित्र हत्या भएको दावी गरेका छन् ।

बिज्ञापन

यद्यपि सामाजिक सुरक्षा भत्ता अपचलन प्रकरणमा परेर जोशी ७० साल असार ३ गतेदेखि साउन २१ गतेसम्म थुनुवा बसेका हुन । यो प्रकरणमा बाजुरा अदालत,उच्च अदालत दिपायल हुँदै सर्वाेच्च अदालतसम्म पुगेको र सर्वाेच्च अदालतका न्यायधीशय हरिप्रसाद फुँयाल र सपना मल्ल प्रधानको इजलाशले ६४ हजार ६ सय जरिवाना तिराएको हुँदा सोही अदालतको फैसलामा टेकेर हामीले समाचार प्रकाशन गरेको हौं । अघिल्लो बर्ष सर्वाेच्च अदालतबाट फैसला भइसकेको भए पनि उनले पिछडिएको क्षेत्रबाट उपसचिव तहमा नाम निकालेसँगै यो प्रकरण जोडेर समाचार प्रकाशन गरिएको थियो तर प्रयोग भएका शब्द,तस्विर र उनको कृति लोकसेवा तयारी पुस्तकप्रति अधिकृत जोशीले आपत्ति जनाउनुभएसँगै समाचारमा प्रयोग गरिएका शब्द र तस्विरले  जोशीलाई पर्न गएको चोटप्रति कर्मचारी प्रेस परिवार क्षमा माग्दै प्रेस काउन्सिलको आग्रह बमोजिम प्रत्युक्त शब्द र तस्विरहरु सम्पादन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा (सूचीसहित)

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आह्वान

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कर्मचारीहरूको गाडी थुत्ने: मन्त्रीका स्वकीय गाडीमा राज गर्ने

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बिशेष