बहालवाला एक सचिव सेन्ट्रल जेलमा,अर्का निलम्बनमा परेको बर्ष

प्रशासनिक हिसाबले बर्ष २०८० मा बढी नै उथलपुथल भयो । २०८० मा एक जना बहालवाला सचिव नै जेलमा पुगे । नेपालको प्रशासनिक इतिहासमा बहालवाला सचिव नै जेलमा पुगेको यो सम्भवत पहिलो पटक हुनुपर्दछ । भ्रष्टाचारको मुद्धा चलेर विगतमा अन्य सचिवहरु पुगे पनि फौजारी अभियोगमा टेकनारायण पाण्डे अहिले नेपाली नागरिकलाई किर्ते गरेर नक्कली शरणार्थी बनाएको अभियोगमा जेलमा छन् । निजामती सेवा अन्तरगत शिक्षा समूहमा जीवन विताएका टेकनारायण पाण्डे एक बर्षभन्दा बढि गृह सचिव भए ।

बिज्ञापन

वैशाख २० गते उपराष्ट्रपति कार्यालयमा बहालमै रहेको समयमा सचिव टेकनारायण पाण्डे पक्राउ परेर अहिले जेलमा जीवन बिताइरहेका छन् । जीवनभर शिक्षा सेवामा काम गरेका टेकनारायण पाण्डेलाई सेटिङमा गृहमन्त्रालय लगियो । उनै पाण्डेलाई अगाडि सारेर नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाउने धन्दामा संग्लग्न रहेको भेटियो र नेपालको प्रशासनिक इतिहासमै भ्रष्टाचार बाहेकको फौजदारी अभियोगमा नेपाल सरकारको बहालवाला सचिव पक्राउ परे र अहिले जेल जीवन बिताइरहेका छन् ।

बिज्ञापन

शिक्षा सेवाबाट सरकारी सेवा सुरु गरेका पाण्डे शिक्षा मन्त्रालयमा सहसचिव हुँदासम्म पनि विवादमा परेका थिएनन् । सचिव भएपछि उनी विभिन्न मन्त्रालय हुँदै भूमि व्यवस्था तथा सहकारी र गरिवी निवारण मन्त्रालयमा सरुवा भए । त्यहाँ जग्गाको हदबन्दीसम्बन्धी केही विवादास्पद निर्णयहरुमा संलग्न भएको घटना सार्वजनिक भयो । विचौलियाहरुकै इन्ट्रेष्टमा गृहमन्त्रालय पुगे । राजनीतिक पहुँचका आधारमा गृहप्रशासनको नेतृत्वमा पुगेका उनीमाथि त्यहाँभित्र रहने गोप्य र संवेदनशील कागजातको पहुँच दुरुपयोग गरे । पाण्डेको श्रीमती पनि निजामती सेवामा छिन् ।

यस्तै ८० प्रशासनिक हिसाबले अर्को हिसाबले चर्चा रह्यो । गत असोजमा नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भयो । आवश्यक पूर्वाधार नै तयार नगरी २५ करोडमा नेशनल पेमेन्ट गेटवे खरिद भएको भेटिएपछि मरासिनीसहित सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशकरकार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै बहालवाला सचिव मरासिनी निलम्बनमा परे ।
यस्तै यही अवधिमा आइटीका माफिया मानिएका विकल पौडेल र सुनिल पौडेलहरुलाई पक्राउ गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष