निजामती विधेयकमा १५० बढी संशोधन प्रस्ताव दर्ता,अधिकांश व्यक्तिगत इन्ट्रेष्टका

 

बिज्ञापन

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १५० वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । गत चैत्र २१ मा सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राखेको प्रस्ताव सदनबाट स्वीकृत भएसँगै संशोधन दर्ता गराउनका लागि ७२ घण्टाको समय दिएका थिए । उक्त समय आइतबार सकिएको छ । समयसीमा भित्रमा प्रतिनिधिसभाको विधेयक शाखामा इमेलबाट बाहेक प्राप्त संशोधन संख्या १२२ वटा रहेकोमा इमेलबाट समेत गरी हालसम्म १५० संशोधन प्रस्ताव दर्ता भएको प्रतिनिधि सभाको विद्येयक शाखाले जनाएको छ ।

बिज्ञापन

विद्येयकमा अधिकांश व्यक्तिगत इन्ट्रेस्टका संशोधन प्रस्ताव परेको बताइएको छ । यस्तै कर्मचारी ट्रेड युनियनका सम्बन्धमा अलि बढी संशोधन प्रस्ताव दर्ता भएको जनाइएको छ ।

यो विधेयक फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।

बिज्ञापन

विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवको संघीय निजामती सेवाको पद हुने व्यवस्था गरिएको छ। १० वर्षसम्म संघबाट खटाइने व्यवस्था पनि विधेयकमा गरिएको छ।
यस्तै उमेर हद ५८ बाट बढाएर ६० वर्ष पुर्‍याउने प्रावधान विधेयकमा समेटिएको छ। सरकारलाई पेन्सन दायित्व भने केही कम गरिएको छ। सेवा प्रवेशमा सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीको बढुवामा अत्याधिक जाम,सुव्वाबाट अधिकृत हुन १८ बर्ष

सुनेको शासन, भोगेको प्रशासन

‘राजदूत कोठा’बाट बल्ल बाहिरिए अर्काे महामहिम

सुशीला कार्कीको ‘कुशासन’ : पीएलाई तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति

बहुराष्ट्रिय कम्पनीका ख्याति चोर्ने दाउमा दर्जन नेपाली कम्पनी,सरकारले दियो साताको अल्टिमेटम

अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार

नयाँ सरकारका लागि तयार भयो सुशासन मार्गचित्र : यस्ता छन् समितिका मुख्य सुझाव

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ७२ कर्मचारी

बिशेष