निजामती विधेयकमा १५० बढी संशोधन प्रस्ताव दर्ता,अधिकांश व्यक्तिगत इन्ट्रेष्टका

 

बिज्ञापन

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १५० वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । गत चैत्र २१ मा सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राखेको प्रस्ताव सदनबाट स्वीकृत भएसँगै संशोधन दर्ता गराउनका लागि ७२ घण्टाको समय दिएका थिए । उक्त समय आइतबार सकिएको छ । समयसीमा भित्रमा प्रतिनिधिसभाको विधेयक शाखामा इमेलबाट बाहेक प्राप्त संशोधन संख्या १२२ वटा रहेकोमा इमेलबाट समेत गरी हालसम्म १५० संशोधन प्रस्ताव दर्ता भएको प्रतिनिधि सभाको विद्येयक शाखाले जनाएको छ ।

बिज्ञापन

विद्येयकमा अधिकांश व्यक्तिगत इन्ट्रेस्टका संशोधन प्रस्ताव परेको बताइएको छ । यस्तै कर्मचारी ट्रेड युनियनका सम्बन्धमा अलि बढी संशोधन प्रस्ताव दर्ता भएको जनाइएको छ ।

यो विधेयक फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।

बिज्ञापन

विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवको संघीय निजामती सेवाको पद हुने व्यवस्था गरिएको छ। १० वर्षसम्म संघबाट खटाइने व्यवस्था पनि विधेयकमा गरिएको छ।
यस्तै उमेर हद ५८ बाट बढाएर ६० वर्ष पुर्‍याउने प्रावधान विधेयकमा समेटिएको छ। सरकारलाई पेन्सन दायित्व भने केही कम गरिएको छ। सेवा प्रवेशमा सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जेन–जी आन्दोलनका शहीद परिवारलाई नेपाल आयल निगमको रोजगारी सहयोग, दुई लाख ७० हजार आर्थिक सहयोग

‘जेनजी’ प्रदर्शनपछि सेनाको फौज क्रमशः फिर्ता, २१ स्थानमा अझै तैनाथ

तस्करहरूलाई रातारात भगाउने एसपी भण्डारी : झापाको सीमामा सशस्त्र प्रहरीको कडा घेरा

जलेर खरानी भएका सवारीका नामबाटै इन्धन भत्ता

चुनावी क्याविनेटका २० निर्णय : ६ वैदेशिक भ्रमण स्वीकृत,८ सरुवा,बढुवा

अनुसन्धानको दायरामा रहेका सचिवलाई क्षति विवरण संकलन गर्ने जिम्मेवारी

सहसचिव गणेशराज वस्तीको कविता :धर्मकर्म नित्य गर

मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,बढुवादेखि अस्थायी दरबन्दी स्वीकृतसम्म

बिशेष