‘भ्रष्टाचार गर्ने नेता, मुद्दा खेप्ने चाहीँ कर्मचारीले मात्र ?’

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीप्रति सदनमा प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकलाई बोल्दै उनले अख्तियार र अदालतको कार्यशैलीबारे प्रश्न उठाएका हुन ।देश अपराधिकरणतिर गइरहेको,सुशासनको सन्देश दिन नसकेको बताए । उनले भने प्रधानमन्त्री एउटा हुन्छ,सचिव चार चार महिनामा फेरिन्छन् । मन्त्रीको घरको हली हो ? निजामती ऐनको धज्जी हो । मन्त्री फेरियो कि सचिव फेरिन्छ । यो देशमा अख्तियार बन्द गरिदिए हुन्छ । मन्त्री र नेतालाई छुँदैन । अर्बाैको भ्रष्टाचार कर्मचारीले मात्र गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने प्रधानमन्त्री मन्त्री,मुद्धा खेप्नुपर्दछ कर्मचारीले मात्र ।

बिज्ञापन

ठूल्ठूलाका भ्रष्टाचारका मुद्धामा जोडिएका नेतालाई कुनै कारबाही नभएको र कर्मचारीमात्रै मुद्दा मामिलामा परेको बताउँदै उनले अख्तियार र अदालतको कार्यशैलीप्रति प्रश्न उठाएको हुन । वालुवाटारको ललिता निवासभन्दा ठूलो जग्गा घोटला प्रकरण मानिएको टीकापुरको जग्गा घोटला प्रकरणमा नेतालाई उन्मुक्ति दिएको उन्मुक्ति दिइएको उनको दाबी छ ।

बिज्ञापन

‘भ्रष्टाचार गर्ने नेता, भ्रष्टाचार गर्ने मन्त्री, प्रधानमन्त्री, तर मुद्दा कर्मचारीलाई मात्रै लाग्ने गरेको प्रति उनले अख्तियारको कार्यशैलीमाथि प्रश्न उठाउँदै दलको भागबण्डाबाट अख्तियार बनेको कारण दलको नेता, दलको मालिक भनिसकेपछि मुद्दा लगाउन हुँदैन । टीकापुरको जग्गाको बारेमा थियो । त्यो अनुसन्धान गरेको अधिकृतले मलाई आफैं भनेको हो । तर, माथिको आदेश आयो, नेतालाई मुद्दा नलगाऊँ ।’

मुद्दा लगाउने प्रक्रियामा अख्तियारले टेरामक्स र एमडीएमएसमा सबै मन्त्रीलाई चोखो देखेको उनको भनाइ छ । नेतालाई अदालतले पनि छुन नसकेको उनको दाबी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवदेखि प्रधानमन्त्रीसम्मले एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

उपसचिव परीक्षामा चिट चोरेर लेख्ने गिरी कारबाहीमा, एक वर्ष परीक्षा दिन नपाउने

भूमि प्रशासनका दुई कार्यालय प्रमुखविहीन, मनमैजुमा भाइलाई पठाउँदै

सम्पत्ति छानबिनको राडारमा १२ मुख्यसचिवहरु

कार्यकक्षमै कुटिए सब इन्जियर,न्याय खोज्दै प्रहरीमा उजुरी

सामान्य प्रशासनमै गाभियो भूमि : बन्नेभयो भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय

कर्मचारीलाई सरकारको कडा चेतावनी – अब राजनीति गरे जागिर जाने

तीन करोड राजस्व हिनामिनामा बहालवाला तीन उपसचिवसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिशेष