३० उपसचिवको सरुवा :- १० प्रमुख प्रशासकीय अधिकृत,९ लाई जिसस

सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । सरुवाको सूची अनुसार ९ जना उपसचिवलाई जिल्ला समन्वय समितिको कार्यालयमा पदस्थापन गरिएको छ । जिससमा पदस्थापन भएका उपसचिवहरुमा नारायणप्रसाद भट्टराई खोटाङ,विष्णु प्रसाद पौडेललाई प्यूठान,देवर्षि सापकोटालाई भोजपुर,सावित्री श्रेष्ठ सल्यान, अकबर प्रधानलाई झापामा खटाइएको छ ।
यस्तै,अयोध्या प्रसाद भण्डारीलाई रोल्पामा पठाइएको छ भने रामकुमार कार्की सिन्धुली,नरेन्द्रबहादुर पाललाई कञ्चनपुरमा खटाइएको छ र बुद्धि बहादुर खत्रीलाई जाजरकोट पठाइएको छ । ७७ वटै जिल्लामा जिल्ला समन्वय समन्यव समिति उपसचिव तहका कर्मचारीको दरबन्दी भए पनि अहिले २५ प्रतिशत जिससमा मात्र उपसचिवहरु कार्यरत छन् । अधिकांश जिसस शाखा अधिकृतले नै निमित्त चलाइरहेको अबस्था छ । तीमध्ये संघीय मामिला तथा सामान्य प्रशासनले ९ वटा जिससलाई भर्खरै उपसचिवमा उक्लिएका र पावर तथा पहुँच नभएका कर्मचारीलाई पदस्थापन गरेर पठाएका छन् । पावर र पहुँच पुग्ने उपसचिवहरु मन्त्रालयतिरै पोस्टिङ पाएका छन् । ५ उपसचिवलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा पदस्थापन भएका छन् ।

बिज्ञापन

१० उपसचिवलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ । पस्थापन सूची अनुसार नारायणप्रसाद आचार्यलाई पर्वतको फलेबास नगरपालिका, धुब्रकुमार भण्डारीलाई भोजपुरको षडानन्द नगरपालिका,घनश्याम गौतमलाई पर्वतको कुस्मा नगरपालिका,डिलबहादुर कार्कीको सुर्खेतको पञ्चपुरी नगरपालिका,भोजबहादुर भण्डारीलाई प्यूठानको स्वर्गद्धारी नगरपालिका, बखतबहादुर खड्कालाई सुर्खेतकै लेकवेशी नगरपालिका,खगेन्द्रप्रसाद भट्टलाई कञ्चनपुरको कृष्णपुर नगरपालिका र निलमकुमार न्यौपानेलाई कैलालीको भजनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ ।

बिज्ञापन

५ उपसचिवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र १ उपसचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन पाएका छन् ।

उपसचिव पदस्थापन सूची

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्वमन्त्री आफताव आलमको मृत्यु

कर्मचारी सरुवामा विचौलिया हावी,आर्थिक चलखेलका आधारमा कार्यालय प्रमुख बनाइएको उपसचिवकै दावी

९ उपसचिव र ३९ जना शाखा अधिकृतको सरुवा

अनियमित टेन्डर रोक्दा सचिवको निशानामा परे महानिर्देशक बाराकोटी, दिनुपर्यो राजीनामा

महानिर्देशक बाराकोटीले दिए सरकारी सेवाबाटै राजीनामा

सरुवा भएर हिडेका सहसचिवहरु पूरानै अड्डामा,मीराको नामै गायब !

परराष्ट्रमा अर्काे गाईजात्रा : फिर्ता बोलाइएका राजदूत बस्न तयार पारियो कोठा

सुदूरपश्चिम प्रदेशलाई पिआइएस पोर्टलमा एक्सेस, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

बिशेष