अन्तशुल्कको अनुसन्धानमा तानिए मैनाली र शाक्य

अन्त शुल्क स्टिकर छपाईमा दुई महानिर्देशक उपर अनुसन्धानको सुँइ सोझिएको छ । तत्कालीन महानिर्देशकद्धय दीर्घराज मैनाली र रितेश शाक्यले गडबडी गरेको भेटिएपछि यसमा अख्तियारले हात हालेको हो ।

बिज्ञापन

मदिरा तथा सुर्तीजन्य वस्तुमा टाँसिने अन्तस्शुल्क स्टिकर छपाइ र प्रिन्टर खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले त्यहाँबाट सबै फाइल मगाएको छ । रितेश शाक्य महानिर्देशक हुँदा यो प्रक्रिया अगाडि बढेको पाइएको छ भने दीर्घराज मैनाली महानिर्देशक हुँदा महगो मूल्यमा अन्तशुल्क छपाई प्रक्रिया अगाडि बढाएको भेटिएसँगै अख्तियारले यससम्बन्धी सबै कागजात आन्तरिक राजश्व विभागबाट मगाएको हो । यस्को छपाइको काम समेत सुरक्षण मुद्रण केन्द्रमार्फत अगाडि बढाइएको थियो । प्रतिस्टिकर अधिकतम २५ पैसासम्ममा छपाइ हुनेमा सुरक्षण मुद्रण केन्द्रले स्वदेशी प्रिन्टिङ कम्पनी प्रिन्ट सेललाई प्रतिस्टिकर ९० पैसाको दरले ४३ करोड ३२ लाख थान छाप्न लगाएपछि अनियमितताको आशंकामा अख्तियारले उक्त प्रक्रिया उपर अनुसन्धान अगाडि बढाएको छ र त्यहाँबाट त्यसबन्धी सबै कागजात मगाएको हो । यो प्रकरणमा विभागका तत्कालीन महानिर्देशकद्वय रितेशकुमार शाक्य र दीर्घराज मैनाली पनि अनुसन्धानमा तानिएका हुन ।

बिज्ञापन

शाक्य हाल अर्थ मन्त्रालयका बजेट महाशाखाको प्रमुख छन् । मैनाली सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख छन् । अन्त शुल्क स्टिकर छपाइ गर्ने जिम्मा सुरक्षण मुद्रण केन्द्रलाई दिने निर्णय शाक्यको पालामा भएको थियो भने मैनालीको नेतृत्व छँदा केन्द्रले प्रिन्ट सेललाई ९० पैसामा छपाइको ठेक्का लगाएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

सुरुङबाट तीन र घरको भग्नावशेषबाट एक महिला गरी चारको उद्धार,आशाको सञ्चार

बाढीले पुरिएको ११ औँ दिनपछि सशस्त्र प्रहरीद्धारा चण्डिका श्रेष्ठको जीवित उद्धार

१७ सयको मासु खान सक्नेले २१ सयको ग्यास महँगो भन्न मिल्दैन’ : आयल निगमका कार्यकारी निर्देशक साह

रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

बिशेष