बैठक भत्तामा मन्त्रालयको लगाम

सरकारी निकायले सरकारी स्रोतको कसरी दुरुपयोग हुन्छ भन्ने सरकारी कर्मचारीले भत्ताका लागि बस्ने बैठक बस्दै आएका छन् कतिपय निकायमा । भत्ताकै लागि कार्यालय समयभन्दा अगाडि र पछाडि बैठक बस्ने वा कार्यालय समयपछि बैठक बसेर भत्ता बुझ्दै आएका छन्,सरकारी कर्मचारीहरुले ।

बिज्ञापन

यस्तै मनपरीतन्त्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगाम लगाउने भएको छ । मन्त्रालयले  बिदा वा काजमा रहँदा बैठकमा नबस्न र भत्ता नलिन कर्मचारीलाई निर्देशन दिएको छ ।

बिज्ञापन

मन्त्रालयले सबै विभाग,संघीय अस्पताल,केन्द्रीय निकाय र वोर्डलाई तीन बुँदे परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । मन्त्रालयका शाखा अधिकृत शेरबहादुर वि.क हस्ताक्षरित परिपत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र बमोजिम सार्वजनिक निकायका पदाधिकारीले बिदा वा काजमा रहेको समयमा कार्यालयको बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको हो ।

यस्का अलवा कार्यलय समयमा पनि वा कार्यालय समयभन्दा फरक बिहान बेलुका समय उल्लेख गरी बैठक भत्ता लिने कार्य नगर्न नगराउन र अर्थ मन्त्रालयद्वारा जारी कार्यसञ्चालन निर्देशिका २०७७ (आठौं संष्करण)मा एउटै निकायअन्तर्गतको कर्मचारीबीच बसेको बैठकमा भत्ता उपलब्ध नगराउने व्यवस्था लागू गर्न वा गराउन परिपत्र गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचनमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक

सरकारी तलब खाएर दलको मञ्चमा अध्यक्षता : प्रकाश रैला आचारसंहिताको कठघरामा

‘नियुक्ति सच्याउन हिजै दिएको थिएँ निवेदन’

सब–इन्जिनियर हत्याका मुख्य योजनाकार : लोकसेवाको वैकल्पिक उमेद्धार

सरुवाको भोलिपल्टै सहसचिवले दिए सेवाबाटै राजीनामा

जब पूर्व सचिवको नातेदारलाई एक तह बढुवा गरी निर्वाचनमा खटाइयो

अध्यागमनको आग्रह : विदेश भ्रमणअघि स्व–घोषणा फाराम अनिवार्य रूपमा भरेर मात्र आउनू

निर्वाचनमा २ लाख २१ हजार कर्मचारीलाई खटाइँदै

बिशेष